होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला
समाचार

गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला

  • नागरिक रैबार
गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला

गोरखा : गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो ।

मृत्तक सबैको मुखबाट फिज आएको प्रहरीले जनाएको छ । कार्यालयले उपलब्ध गराएको सूचना अनुसार मृत्यु हुनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, २२ वर्षीया आईतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ रहेका छन् ।

दिलबहादुर र आईतकुमारी ससुरा बुहारी हुन भने उषा उनीहरुका नातेदार भएको स्थानीयले जानकारी दिएका छन् ।

विज्ञापन

स्थानीयले सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुले पछि घर भित्र गएर हेर्दा तिनै जना मृत्त अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार