होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ फागुन। हत्या अभियोगमा फरार रहेका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका २ जय बागेश्वरीका ६८ वर्षीय मिनबहादुर सिंह ३१ वर्षपछि पक्राउ परेका छन् । २०४८ साल असोज ६ गतेका दिन भैसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए । ३१ वर्षदेखि फरार […]
काठमाडौँ — कलाकार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेकै दिन मोरङ लेटाङकी १२ वर्षीया किशोरीलाई सोही ठाउँका ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको खबर सार्वजनिक भयो । प्रहरीका अनुसार ६ कक्षामा पढ्ने बालिका विद्यालयबाट फर्किंदै गर्दा जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरी गिरीले शव जंगलभित्र लुकाएका थिए । एकैदिन भएका यी दुई घटनामध्ये […]
स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए । “सबैभन्दा समस्या हाम्रो […]
प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्रि हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।उनले हरेक जातजातिका […]
नागरिक रैबार/बाजुरा १६ फागुन। बडीमालिका नगरस्तरीय दलित भुमि अधिकार युनियनले नगर प्रमुख पदम बडुवाललाई लाई ज्ञापनपत्र बुझाएको छ । सोमबार बडीमालिका नगरस्तरीय भुमि अधिकार युनियनले नगरपालिकाका नगरप्रमुख बडुवाललाई ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबास गरिरहेका नागरिक तथा हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि […]
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्ला अस्पताल बाजुरामा कार्यरत स्वास्थ्यकर्मीहरुले अस्पतालमा उपचाररत एकजना विरामीलाई उपचार खर्च सहयोग गरेका छन् । ३ दिनदेखि जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धका मान बडुवालाई उपचार खर्च बाफत जिल्ला अस्पतालमा रहेको सामाजिक स्वास्थ्य सेवा संगठनको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले व्यक्तिगत रुपमा २० हजार २ सय २० नगद रुपैयाँ सहयोग […]
मुगु । जिल्लामा रहेका चारै स्थानीय तह र जिल्ला अस्पताल मुगुमा सुरक्षित सुत्केरी गराउनका लागि दक्ष जनशक्ति र पूर्वाधारको सुविधा उपलब्ध भएपछि स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको छ । विगतका वर्षहरुमा सुत्केरी आमाहरुले घर तथा गोठमामा जोखिम मोलेरै सुत्केरी हुनुपर्ने बाध्यता थियो । अहिले जिल्लामा रहेका अधिकांश वडाहमा प्रसुति गृह सञ्चालनमा आएको छ […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन्। गृह जिल्ला बाजुरा भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए। […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा मार्तडीमा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र […]
काठमाडौँ — पोल्यान्डले युक्रेनबाट बाहिरिन खोज्ने नेपालीलाई सीमा प्रवेशमा कडाइ गरेको छ । जसले गर्दा भौकभोकै घण्टौं पैदल यात्रा गरेर युक्रेनको राजधानी किभबाट पोल्यान्डको सीमामा पुगेका नेपाली रोकिएका छन् । उनीहरूमध्ये अधिकांशले घण्टौं कुर्दा पनि सीमा पार गर्न पाएका छैनन् । रुसले युक्रेनमा आक्रमण गरेपछि किभलगायत सहरमा रहेका नेपाली ज्यान जोगाउन छिमेकी मुलुक पोल्यान्ड, हंगेरी र स्लोभाकियाको सीमातर्फ […]
आइतबार बिहान सत्तारुढ दलहरू ‘व्याख्यात्मक घोषणा’सँगै संसद्बाट एमसिसी अनुमोदन गर्न सहमत भए । एमसिसीको विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी उपायमा सहमति जनाएपछि संसद्मा दिनभर अनुमोदन प्रक्रिया चल्यो । तर, संसद् भवनबाहिर नयाँ बानेश्वर क्षेत्रमा अघिल्ला दिनहरूमा जस्तै एमसिसीविरुद्ध दिनभर आन्दोलन चर्कियो । आन्दोलनमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता नै धेरै थिए, खासगरी विद्यार्थी । आन्दोलन […]
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिने बताएका छन्।आइतबार प्रतिनिधि सभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता अनुमोदन भएपछि उनले सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन्। उनले यसलाई राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन्। ‘अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे,’ उनले […]
काठमाडौं । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि १५ फागुनसम्म) ७७ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार यो खर्च कुल विनियोजनको ६.४३ प्रतिशत मात्रै हो […]
डडेल्धुराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध डडेल्धुरामा पनि दिनहुँ विरोध प्रर्दशन चर्किँदै गएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा विभिन्न राजनीतिक दलहरूले एमसीसीको विरोध गरिरहेका हुन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी (विप्लव), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी र कांग्रेस बीपीलगातका पार्टीले एमसीसीको विरोध गरेका छन्। जिल्ला सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म एमसीसीको विरुद्धमा चर्चा […]
म्याग्दी, १५ फागुन: शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन् । शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । “बिना कारण सरले पाइपले पिटे […]
नागरिक रैबार बाजुरा १५ फागुन बाजुरामा शनिवार रूखबाट लडेर एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमलिका नगरपालिका वडा नम्मर ७ का ६५ वर्षका रत्न पाध्याय रहेका छन् । मृतक पाध्यायको गाउँ नजिकैकाे जंगलमा गाईवस्तुलाई घाँस काट्ने क्रममा मृत्यु भएकाे आफन्तले बताएका छन् । शनिवार बिहान घरबाट घाँस काट्न भनेर निस्केका पाध्याय दिउँसो दुई बजिसक्दा […]
काठमाडौं । माटोको भाँडाकुटी बनाउने, माटैको पैसा । चिलाउनेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री । रुखको हाँगा हल्लाएर मोटरको अनुभव होस् वा सलाईको बट्टामा धागोले जोडेर बनाएको टेलिफोन किन नहोस् । २०५० को दशकसम्म बालापन गुजारेका पुस्ताले लिएको रैथाने खेलको मनोरञ्जन हो यो । बालापनमा कुनै कुराको अभाव थिएन । कागजको ढुंगा […]
नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको छ । पौडेल हिजो फागुन १३ गते पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा परेका थिए । मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा परेका पौडेल […]
काठमाडौं : युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बि’न्दुहरूमा युक्रेन छिरेका छन्। रूस र युक्रेनबीच विगत आठ वर्षदेखि ति’क्त’ता देखिँदै आएको छ। सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उ’थल’पु’थलको फाइ’दा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वी’पमा […]
नागरिक रैबार/बाजुरा १३ फागुन। नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले बिप्लव माओबादी कार्यक्रातालाई कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको छ बिहिबार बाजुरामा एमसिसिको नाममा बिप्लव माओवादिले बिद्यालयमा पढन् गएका बिद्यार्थीहरुलाई जबरजस्ती गरि शिक्षक लाई डर धम्की दिएर बिद्यार्थीलाई आन्दोलनमा लिएको भन्दै अनेरास्वीयु बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षाबाट […]