होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती सबस्टेसन उद्घाटन
समाचार

प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती सबस्टेसन उद्घाटन

  • नागरिक रैबार
प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती सबस्टेसन उद्घाटन
तस्बिर : गोविन्द परियारको ट्वीटरबाट

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको साँखेमा निर्मित उक्त सबस्टेसनको शनिबार बिहान उद्घाटन गरिएको हो ।

तामाकोसी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सबस्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा बन्ने आयोजनाको बिजुली प्रसारण र वितरणका लागि यो सबस्टेसन निकै महत्त्वपूर्ण मानिएको छ ।

माथिल्लो तामाकोसीको ४५६ मेगावाटसहित अरू निजी क्षेत्रबाट सञ्चालित आयोजनाको समेत गरेर करिब १ हजार मेगावाट बिजुली यो सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जाने माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले बताएका छन् । तामाकोसी–खिम्ती–ढल्केबर र खिम्ती–बाह्रबिसे प्रसारण लाइन यो सबस्टेसनसँग जोडिएका छन् ।

विज्ञापन

तामाकोसी करिडोरको बिजुली तामाकोसी–खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरमा रहेको ४ सय केभी सबस्टेसनमा जोडिएको छ । त्यसले पूर्वी तराईका जिल्लामा बिजुली आपूर्ति गर्न सहज भएको छ । त्यस्तै, १३२ केभी क्षमतामा खिम्ती–बाह्रबिसे प्रसारण लाइन बनेको छ । यो प्रसारण लाइनमार्फत तामाकोसीको बिजुली काठमाडौंसम्म आउँछ । काठमाडौं उपत्यकामा बढ्दो बिजुली माग धान्नका लागि पनि यो सबस्टेसन र प्रसारण लाइन महत्त्वपूर्ण ठानिएको छ ।

जीआईएस प्रविधिबाट बनेको २२० केभी क्षमताको यो पहिलो सबस्टेसन हो । तामाकोसीका मात्र नभई लिखु र गर्ज्याङ करिडोरमा रहेका आयोजना यो सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जानेछन् । ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ र २९ मेगावाट उत्पादन क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको बिजुली यो सबस्टेसनमा जोडिइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै