होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा पहिलोपटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै
समाचार

नेपालमा पहिलोपटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै

  • नागरिक रैबार
नेपालमा पहिलोपटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं। सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने भएको छ।१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् ।

नेपालमा टाइफइडविरुद्धको खोप अभियानको रुपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिकबाट पैसा तिरेर खोप लगाउने गरेका थिए ।यस खोपलाई सरकारले नियमित खोप अन्तर्गत राख्ने योजना बनाएको छ । यो सहित नेपालमा नियमित खोप १३ वटा पुगेको छ । ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गर्न लागेको हो ।

‘नेपालमा टाइफइडको उच्च जोखिम मुलकमा पर्छ । टाइफइडका संक्रमणका बिरामी प्रशस्त देखिएका छन्,’ उनले भनिन्,’ खोप लगाउँदा जटिलता तथा मृत्यु कमलाई गर्छ ।’

विज्ञापन

खोप अभियानका लागि प्रदेश वा स्थानीय तहमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ । टाइफाइडविरुद्धको खोप विद्यालय तथा खोप केन्द्रबाट बालबालिकालाई लगाइने मिश्राले बताइन् ।

मुख्‍यत: टाइफइड दूषित पानीको कारणले हुन्छ । सरकारले स्कुल पढ्ने उमेर समूहकालाई बढी जोखिम भएकाले १५ वर्षसम्मका बालबालिकाले टाइफाइडविरुद्धको खोप दिन लागेको हो । सरकारले यसपटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार