होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । मोडल एवं अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत, तनहुँमा बकपत्रका क्रममा पीडित किशोरीले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । जानकारी अनुसार पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी […]
नागरिक रैबार बाजुरा ४ बैशाख । बाजुराका नौ वटै स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउनु सुरु गरिएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म देश भरका सबै बालबालिकालाई खोप लगाइ सक्न जारी सरकारी निर्देशन अनुसार बाजुरामा आइबारबाट सुरु गरिएको हो । नेपाल सरकारको २४ दिने खोप अभियान अन्र्तगत बाजुरामा बैशाख […]
मुगु– मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ ।देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहेको हो । उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ […]
धनगढीः सुदूरपश्चिममा अन्धविश्वासको जालो अझै जेलिएकै छ। विरामी परे धामीझाक्रीको भर पर्ने मान्यता कायमै रहेको छ। यही मान्यताले कञ्चनपुरमा एक महिलाको ज्यानै लिएको छ। शनिबार दिउँसोको कुरा हो। कञ्चनपुरको वेदकोट नगरपालिका–६ की कमला साउदको घर आँगनभरि चामल र अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा तताईएका फलामका डन्डी र बीचमा महिलाको शव थियो। शव वरिपरि तीन जना […]
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका ओली आज विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट पुगेका हुन् । सिमकोट पुगे लगत्तै विमानस्थलमा विश्राम गरेर उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् । एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै […]
धनगढी : बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। त्यस्तै, अन्य […]
जनकपुरधाम । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए । शनिबार जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रती संशय उत्पन्न हुने […]
महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेकी थिइन्। राति १० […]
काठमाडौं । नेपाली कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ । सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा बनेको अडियो तथा भिडियोले उक्त पुरस्कार प्राप्त गर्ने जनाएको छ । गीत सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरिएको छ । केन्द्रीय प्रचार प्रसार सांस्कृतिक समन्वय उपसमितिका संयोजक डिबी […]
नागरिक रैबार बाजुरा २ बैशाख नेकपा एमालेबाट बडीमालिका नगरपालिका वडा नं. ७ काे वडा अध्यक्षमा जंग विक सर्वसम्मत उम्मेदवार बनेका छन् । एमालेबाट बडीमालिका ७ काे वडा अध्यक्षमा जंग विकलाई सर्वसम्मत उम्मेदवार बनाईएकाे नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाद्यायले बताएका छन् । नेकपा एमाले बाजुराकाे तेस्राे पूर्ण बैठकबाट जिल्ला कमिटी सदस्यमा मनाेनित भएका […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित प्रदेशको समृद्धि एवं विकासका लागि नयाँ वर्षले प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। आज नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा समाजिक न्याय, सद्भाव, सुमधुर सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन्। नयाँ वर्षले […]
वीरगञ्ज । बारामा आज बिहान स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका-२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् । दुर्घटनामा जीपमा सवार १३ जना घाइते […]
बारामा भरूवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ। जितपुर-सिमरा उपमहानगरपालिका-१६ डकाह टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। उनकाअनुसार मगर दुधौरा खोलामा माछा मारेर फर्किएका थिए। त्यसक्रममा नजिकै सपरू घारीमा सिकारीले जंगली जनावर मार्न राखेको धराप (भरूवा बन्दुक) पड्किँदा उनको मृत्यु भएको हो। […]
१ वैशाख, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताए । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र […]
काठमाडौं, ३० चैत्र । सत्ता गठबन्धनमा स्थानीय चुनावको तालमेलका लागि खाका लगभग तयार भएको छ । विगतमा जुन दलले जितेको पालिका हो उसैले प्रमुखमा उम्मेदवार अगाडि बढाएर बाँकीले समर्थन गर्ने र अन्य दलले जितेको पालिकामा प्रभाव र प्रतिशत दुवैका आधारमा उम्मेदवार तय गर्ने गरी खाका तयार भएको बुझिएको छ । काँग्रेसले ललितपुर र विराटनगर, माओवादीले […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस […]
नागरिक रैबार/बाजुरा २९ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइदै छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । सोही […]
विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले […]
अछाम: अछामकी एक युवती २ दिनदेखि बेपत्ता भएकी छन्। जिल्लाको मंगलसैन नगरपालिका–४ सान्नीकोटकी २० वर्षीया किरण केसी हिजो सोमवारदेखि बेपत्ता भएकी हुन्। मंगलसैन नगरपालिका वडा नम्बर ५ सान्नीकोट बजारबाट घर जान्छु भनी दिउँसो ३ बजे हिँडेकी उनी घर नपुगेको परिवारिक स्रोतले बताएको छ। बेपत्ता युवती कान सुन्न र बोल्न नसक्ने रहेको बताइएको छ। आफन्तले किरणको […]
मनाङ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ ।गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई उच्च रक्तचाप […]