होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • अहिलेका जनता कसैको धम्कीले तर्सिंदैनन्: ओली
समाज

अहिलेका जनता कसैको धम्कीले तर्सिंदैनन्: ओली

  • नागरिक रैबार
अहिलेका जनता कसैको धम्कीले तर्सिंदैनन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूको धम्कीले सचेत जनता नतर्सिने बताएका छन्।बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्तारूढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीपूर्ण अभिव्यक्तिमा उत्रिएको बताए।

उनले कसैले धम्काउँदैमा र तर्साउँदैमा विचलित नहुन आग्रह गर्दै निर्धक्क भएर एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।ओलीले अहिलेको गठबन्धन कुनै विचार, सिद्धान्त र उद्धेश्यका लागि नभई सत्ता स्वार्थका लागि मात्र भएको दाबी गरे।

उनले देशभरका स्थानीय तहको निर्वाचनबाट एमालेको विजय मात्र नभई दिग्विजयको यात्रा सुरू हुने दाबी गरे।एमालेले चुनाव हारे जनताले पाउने सेवा सुविधा र विकास निर्माणका सबै योजना रोकिने भन्दै एमालेको विजय अपरिहार्य रहेको बताए।

विज्ञापन

´हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, भैरहवा, पोखरा लगायतका अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका हुन्, वर्षौंसम्म जनताको जीवन लिइरहेको तुइन विस्थापित गर्न एमालेकै सरकारबाट सम्भव भयो, रूपन्देहीमा कति काम भए भन्ने त तपाईंहरू सबैलाई थाहा छ मैले भन्न नै परेन त्यसैले निर्धक्क भएर एमालेलाई मतदान गर्न आग्रह गर्नुस्,` उनले भने।

ओलीले २० वर्ष सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरू ४२ वटा उद्योग बेचेर खाएको आरोप लगाए।

अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा सरकार ढालेर भूमिहीन आयोग समेत खारेज गरी लालपुर्जा वितरण गर्ने काम अलपत्र पारेको ओलीले बताए।ओलीले थपिएका नयाँ मतदातालाई एमालेले गरेको विकास र युवाहरूको पक्षमा गरेको कामलाई हेरेर एमालेलाई रोज्न आग्रह गरे।

´युवाहरूलाई मलेसिया र दुबईका खाडीमा पठाउने नेपाली कांग्रेसको जस्तो एमालेको नीति छैन, एमालेले युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्छ,` उनले भने।

युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे।गठबन्धनलाई स्याल र एमालेलाई शेरको संज्ञा दिएका ओलीले १० वटा स्यालको समूहलाई एउटै शेरले पाखा लगाइदिने बताए।उनले जनताको नजरमा एमालेमात्र रहेकोले पाँच दलीय गठबन्धन छ भन्ने कुरामा जनतालाई कुनै मतलब नरहेको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार