होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • समाजवादीका जिल्ला सचिव रावतमाथि काँग्रेसका कार्यकर्ताले यसरी खुकुरी प्रहार गरे (भिडियोसहित)
बाजुरा बिशेष

समाजवादीका जिल्ला सचिव रावतमाथि काँग्रेसका कार्यकर्ताले यसरी खुकुरी प्रहार गरे (भिडियोसहित)

  • नागरिक रैबार
समाजवादीका जिल्ला सचिव रावतमाथि काँग्रेसका कार्यकर्ताले यसरी खुकुरी प्रहार गरे (भिडियोसहित)

नागरिक रैबार/बाजुरा २४ बैशाख।नेकपा एकिकृत समाजवादी बाजुराका सचिव पुरबहादुर रावत र बुढीनन्दा नगरपालिका वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार खड्क बोहरामाथि खुकुरी प्रहार भएको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीबाट बुढीनन्दा नगरपालिका ९ को वडा अध्यक्षका उम्मेदवार बोहरा र जिल्ला सचिव रावतमाथि नेपाली काँग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेर घाईते बनाएको नेकपा एसले बाजुराले बताएको छ ।

शुक्रबार विहान वडामा नेकपा एकिकृत समाजवादी पार्टीको चुनावी घरदैलो कार्यक्रम गर्ने योजना थियो तर कार्यक्रम स्थगित गरी घरमै बसीरहेको बेला नेपाली काँग्रेस वडा नं. १०, ९ र ३ का कार्यकर्ताहरुले ज्यान मार्ने योजनासहित गाउँमै आएर जिल्ला सचिव रावत र वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार बोहरालाई चक्कु प्रहार गरि घाईते बनाएको समाजवादी पार्टीले बताएको छ ।

विज्ञापन

समाजवादी पार्टीका जिल्ला सचिव रावत, वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार खड्क बोहरासहित पार्टीका कार्यक्रर्ताहरु प्रहरी चौकीको संरक्षणमा बसेका थिए । भने बाहिर काँग्रेसका सयौंको संख्यामा कार्यकर्ताहरुले प्रहरी चौकी समेत घेराउ गरेको थियो ।

प्रहरीले पाउण्डुसेनमा भएको काँग्रेस र समाजवादी पार्टीको झडपलाई नियन्त्रणमा लिन २३ राउण्ड हवाई फाएर समेत गरेको बताएको छ । हिजो पाण्डुसेन क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो छ । दिनभर तनावग्रस्त रहेको पाण्डुसेनको घटनाबारे थप अनुसन्धान गर्न जिल्लाबाट सुरक्षा समितिको टोली गएर घटनाको समाधान गर्दै नेकपा एसका सचिव र वडा अध्यक्षका उम्मेदवार बोहरामाथि खुकुरी प्रहार गर्ने नेपाली काँग्रेसका कार्यकर्ता वडा नम्बर ७ घर भएका केशब कार्की र वडा नम्बर ९ का नरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

भिडियोमा सुन्नुहोस पुरबहादुर रावत

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार