होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कञ्चनपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । भीमदत्त नगरपालिका-१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस मागेको […]
गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ । ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ […]
यसो सम्झेर बस्दा मेरो जीवनको कथा, खेलका यात्रामा पनि सयौँ चन्द्र सूर्य आएर गइसकेछन् । शरीरले उमेरलाई ३७ वर्षमा पुर्याइदिएछ, मनले भने अझै २७ वर्षतिरै राखिरहेको छ । खेलाडी बन्छु भन्ने सोचेकी थिइनँ, बनेँ । भलिबलबाट सुरु गरेको यात्रा भारत्तोलनमा पुग्ला जस्तो पनि लागेको थिएन, पुग्यो । सटपुट, ज्याभ्लिन थ्रो, डिसकस थ्रो, बक्सिङसम्म पनि छाडिनँ […]
काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो । प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ […]
काठमाडौं– काठमाडौंको महांकालस्थित वीर अस्पतालको भवन, हेर्दा ठूलो र चिटिक्क परेको छ । अस्पतालको प्रवेशद्वारदेखि नै बिरामीहरुको भीड लागेको छ । तर ठूलो र चिटिक्क परेको अस्पतालको भवनको बाहिर कपडाको पाल टाँगिएको छ । अस्पतालको आँगनमै बिरामीहरु सेतो कागज बोकेर लाइन लागेका छन् । सेतो कोट लगाएका वीर अस्पतालका केही चिकित्सकहरु पाल मुनि बसेर बिरामी […]
काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले खटाएको अस्पतालमा नजाने चिकित्सकलाई कारबाही गरिने बताएका छन् । मन्त्री यादवले अस्पताल बन्द गरेर बिरामीको उपचार नगर्नेहरु चिकित्सक नै नभएको बताए । स्वास्थ्य अनुसन्धान परिषद्को एक कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले चिकित्सकको कर्तव्य बिरामीको उपचार गर्ने भएकाले उपचार नगर्ने डाक्टर डाक्टर नै नभएको बताए । […]