होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लव समूहको त्रास : कालिकोटका सबै स्थानीय तहमा प्रहरी परिचालन
समाचार

विप्लव समूहको त्रास : कालिकोटका सबै स्थानीय तहमा प्रहरी परिचालन

  • नागरिक रैबार
विप्लव समूहको त्रास : कालिकोटका सबै स्थानीय तहमा प्रहरी परिचालन

कालिकोट : कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी परिचालन गरिएको छ। गत मंगलबार राती जिल्लाको नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि जिल्लाका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लव नेतृत्वको नेकपाले जिल्लाका स्थानीय तहलाई लक्षित गरी सार्वजानिक सम्पत्तिमा क्षती पुर्‍याउने गतिविधि गर्न थालेपछि त्यसविरुद्ध प्रहरी परिचालन गरिएको जनाएको छ। नेकपाले यही असार १० गते आह्वान गरेको नेपाल बन्दको दिन कालिकोटका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याउन गाँउसभा तथा नगरसभाहरु संचालन गरेको भन्दै विप्लव समुहले आक्रामक रुपमा गाँउपालिका जलाउन थालेपछि जिल्ला प्रहरी कार्यालयले हरेक स्थानीय तहमा प्रहरी परिचालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६∕६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए। उनले भने, ‘नेकपाले स्थानीय तहलाई नै लक्षित गरी आगजानी गर्ने जस्ता अपराधिक गतिविधि सुरु गरेकाले त्यसका विरुद्धमा सबै पालिकाहरुमा प्रहरी परिचालन गरेका छौँ।’

विज्ञापन

 विप्लवको आधार इलाकामा प्रहरीको अप्रेशन

विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ। नेकपाले आफ्नो आधार इलाकाका रुपमा बताउँदै आएको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोट्बाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशष्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो।

कालिकोटका जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माको नेतृत्वमा जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा लेक, रास्कोट हुँदै पचालझरनाको लेकाली क्षेत्रतिर र प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वमा जिल्लाको नरहरीनाथ गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिकातिर केन्द्रीत गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले गाँउमा विप्लव विरुद्ध अप्रेशन सुरु गरेको छ। विप्लव विरुद्धको गाँउ अप्रेशनमा रहेका डिएसपी शर्माले आफुहरुले गाँउमा स्थानीय नागरिकहरुसँग भेटघाट गर्दै विप्लवको कालिकोटको जिल्ला कमिटिमा रहेका ८८ जना नेताहरुको घर घरमा पुगी पक्रउ गर्ने बताए। उनले भने, ‘हामीले गाँउमा विप्लव विरुद्ध अप्रेशन सुरु गरेका छौँ। कुनै पनि हालतमा चारैतिरबाट घेराबन्दी गरेर विप्लवका कालिकोटका नेताहरुलाई पक्राउ गर्छौँ। कानुन हातमा लिएर अपराधिक क्रियाकलाप गर्नेहरुलाई कानुनी कटघरामा उभ्याउँछौँ।

गाँउमा द्वन्द्वको झझल्को, स्थानीय त्रसित

कालिकोटका ग्रामिण स्तरमा विप्लव समुहका नेता तथा कार्यकर्ताहरुले विभिन्न गतिविधि बढाएको र विप्लव विरुद्ध प्रहरीले गाँउमा अप्रेशन सुरु गरेपछि स्थानीय नागरिकहरु निकै त्रसित भएका छन्। २०५२ सालमा तत्कालीन नेकपा माओबादीले सुरु गरेको दशबर्षे जनयुद्धको दर्दनाक पीडा भोगेका कालिकोटका नागरिकहरु पुन मुलुक द्वन्द्वमा जान्छ कि भन्ने अनुमान लगाउन थालेका छन्। गाँउमा विप्लवले गतिविधि बढाउनु र सरकार विप्लव प्रति दिन प्रतिदिन आक्रामाक बन्नु, प्रहरी पनि गाँउ केन्द्रित हुनुले स्थानीय नागरिक द्वन्द्वको चपेटामा पर्ने डर सिर्जना भएको छ।

जिल्लाको नरहरीनाथ गाँउपालिका निवासी गंगा बिष्टले भने, ‘गाँउमा विप्लव पनि आउँछन्। प्रहरी पनि आउँछन्। विप्लव झोला बोकेर आउँछन्। प्रहरीहरु हतियार बोकेर आउँछन्। कुन बेला के हुने हो भन्ने डर हामीलाई भएको छ। विप्लव आए खाना खुवाउनु पर्छ। जुन कुरा प्रहरीले थाहा पाएभने विप्लव भनेर पक्राउ गर्छ कि भन्ने डर लाग्छ।’

व्यक्तिगत कामले जिल्ला सदरमुकाम आएका बिष्टले गाँउमा सन्तोष मनले बस्न नपाइने अवस्था आएको बताए। उनले गाँउमा द्वन्द्व भड्किँदै गए आफुहरु कालापाहाड जाने तयारीमा रहेको बताए। विप्लव नेतृत्वको नेकपाका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहित १३ जना केन्द्रीय स्तरका नेता कालिकोटका छन्। मुलुकका ४५ जिल्लाहरुमा कालिकोटका नेताहरुको नेतृत्व रहेको नेकपाका नेताहरु बताउँछन्।  अन्नपुर्ण पाेष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार