होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ। संसदीय समितिका सभापतिहरुले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानवीन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो। सामान्य प्राविधिक […]
काठमाडौं : विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् । सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार राति चिनियाँ मुलका […]
काठमाडौँ — नक्कली भिसा कार्डबाट रकम निकालिएको भेटिए पछि अधिकांश बैक तथा वित्तिय संस्थाका विद्युतीय भुक्तानी कार्ड (एटीएम) बन्द गरिएका छन् । शनिबार नक्कली भिसा कार्डबाट रकम झिक्ने ५ चिनियाँ नागरिक पक्राउ परेपछि एटीएम कार्ड बन्द गरिएको हो। ११ वटा वाणिज्य बैंक आवद्ध एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले आफू आवद्ध बैंकका एटीएम बन्द गराएको हो। […]
सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र नहुँदा सर्पको टोकाईबाट वर्षेनी धेरैले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। प्रदेशमा रहेको स्वास्थ्य संस्थाहरुमा सर्पले डसेका सर्पदंशका विरामीको उपचार नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परेको हो। सर्पले डसेपछि उपचारमा आवश्यक पर्ने एन्टी स्नेक भेनम सरकारी स्वास्थ्य सस्थालाई दिएपनि छुट्टै उपचार केन्द्रको अभाव हुँदा समस्या भएको हो। प्रदेशमा गत वर्ष सर्पको […]
डडेल्धुरा, साउन २७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुसको तीन लाख २६ हजार रूपैयाँसहित एकजना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव-डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो। विषेश सूचनाका आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीको साथबाट तीन […]
सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश नम्बर २ सरकारले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । मुख्यमन्त्री राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै इदका अवसरमा समस्त मुस्लिम समुदायलाई शुभकामना सन्देश पनि दिएका छन् । शुभकामना सन्देशमा उनले […]
२७ साउन, काठमाडौं । अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले आज समेटेका छन् । चुरे क्षेत्रको वन फँडानीको तस्वीर छापेको अन्नपूर्णले पूर्वसभासदले ५ महिनाअघि जन्माएको बच्चा हालसम्म लिन अस्वीकार गर्दै अस्पतालमै छाडेको लेखेको छ । पूर्वसभासद् गायत्री साह दम्पतीले मेडिसिटी […]
धादिङ — शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । मृतक मध्ये ५ को मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो। कृष्णभीर निर फेला परेका २ […]
१७ साउन, काठमाडौं । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । […]
नागरीक रैबार/ बाजुरा, साउन १७। बाजुराको गौमुल गाउँपालिका वडा नं.६ शान्तीटोलमा बिहीबार रातीको अविरल बर्षाका कारण घर माथीबाट पहिरो जदाँ आमा छोरीको मृत्यृ भएको छ । भने एकको अवस्था गम्भीर रहेका छ, मृत्यृ हुनेमा सुके चदाँराकी बुहारी २६ बर्षिया निरुता चदाँरा र उहाँकी छोरी किस्मिता चदाँराको मृत्यृ भएको हो । सुके चदाँराका बुवा १०५ बर्षिया […]
काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्यमशीलताको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण गरी सरकारले दिगो विकास गर्ने लागीपरेको बताएकी छन् । भृकुटीमण्डपमा आयोजित ‘१८ औं तीज फेस्टिबल सीर्जनशील उद्यमी मेला’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले महिलाहरुलाई मूलधारमा ल्याउन सामाजिक र आर्थिक रुपान्तरण आजको मूल आवश्यकतामा जोड दिइन् । ‘संघीय गणतन्त्र सहितको संविधानले […]
प्रमित बि.क, बाजुरा, साउन १४। बाजुराको गौमुल गाउँपालिका वडा नं. ६ मा मदिरा निषेध गरिने भएको छ । मदिराको व्यापक विक्रीवितरण र सेवनले गाउँपालिकामा कलह र झगडा हुनथालेपछि जनप्रतिनिधिले वडामा मदिरा निषेध गर्ने निर्णय गरेका छन् । गौमुल गाउँपालिका वडा नं.६ का जनप्रतिनिधिले पहिलो बैठकमा मदिरा निषेध गर्नेे निर्णय गरेका हुन । मदिराका कारणले गाउँमै […]
काठमाडौं : विद्यार्थीले संसद्को कामकारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन्। तिनै विद्यार्थी सोमबार संघीय संसदमै आइपुग्दा उत्साहित थिए। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। उनीहरू त्यसअगावै दर्शकदीर्घामा बसिसकेका थिए। उनीहरूका हातमा नोटबुक थियो। सदन सुरु भयो। राष्ट्रिय गान बज्यो। सभामुख, मन्त्री र सांसद उठे। दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे। राष्ट्रिय गान सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही […]
उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार साँझ अबेरसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन। भट्टराईले अरु ७ जना बेपत्ता भएको बताए। ‘जलविद्युत आयोजनामा काम गर्दै गर्दा बेपत्ता भएका ११ मध्ये ४ जनाको शव भेट्यौँ, अरु […]
९ साउन, काठमाडौं । बाढी–पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति आजका सबैजसो दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् । जलमग्न जलेश्वरको तस्वीर छापेको अन्नपूर्णले नेपाल वायु सेवा निगमलाई परेको असजिलोबारे मुख्य समाचार बनाएको छ । […]
बैतडी: बैतडीको खोड्पेमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने पाटन नगरपालिका ८ खोड्पेको बन्तड भन्ने भीरमा १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो । जिप भीरबाट झण्डै अढाईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले […]
बर्दिया — मंगलबार देखिको अविरल वर्षाले बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ । वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । बबईको जलस्तर बुधबार बिहान ७ बजेसम्म ५ दशमलव […]
काठमाडौँ — बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । महाशाखाले आज मौसम […]
धनगढी : नेकपाको एकीकरणसँगै सुदूरपश्चिम प्रदेश सरकार चरम गुटवन्दीको चपेटामा परेको छ। लोकतान्त्रीक परिपाटीअनुसार मन्त्रीहरु मुख्यमन्त्रीप्रति उत्तरदायी हुनुपर्छ भने प्रदेशसभा सदस्य, सभामुखप्रति। तर सुदूरपश्चिममा मन्त्रीहरु मुख्यमन्त्रीप्रति उत्तरदायी नदेखिएको आरोप लाग्ने गरेको छ। प्रदेश सरकारको काम, बजेट, योजना छनोटमा चरम गुटबन्दी देखिँदै आएको छ। गुटबन्दीको स्पष्ट नमुना आर्थिक वर्ष २०७६/७७ को बजेट आएपछि छरपस्ट रुपमा देखियो। बजेट […]
८ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा गुल्मीको पहिरोले पुर्याएको क्षति प्राथमिकतामा परेको छ । तर, मृतकको संख्या पत्रिकाहरुमा फरक-फरक छ । गोरखापत्र दैनिकले ११ जनाको मृत्यु भएको लेखेको छ भने कान्तिपुरले ८, नागरिकले ९ र अन्नपूर्णले १० जनाको मृत्यु भएको लेखेका छन् । त्यसबाहेक नेकपाको स्कुल विभागमा जारी विवाद, पूर्वमाओवादीलाई विनाप्रतिस्पर्धा मेलम्चीको ठेक्का, १८ सय […]