होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडी, भदौ ३० । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए। भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ।
काठमाडौं, भदौ ३१ । पछिल्लो ५ महीनाको अवधिमा विपद्का घटनामा परि २ सय ७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ बैसाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परि सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६ सय ४६ जना घाइते भएका छन् भने ७ सय ६७ व्यक्ति विस्थापित भएका छन्। घटनामा परि १ […]
भाद्र ३१ ,काठमाण्डौ — नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो। रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाज निर्माणको […]
लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतर गरिएको प्रहरीले जनाएको छ। काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट ८ वटा हेलिकोप्टर उडेकोमा खराब मौसमका कारण चारवटा काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे। ‘एउटा सिन्धुलीमा ल्यान्ड गरेको सूचना छ’, उनले भने, ‘८ वटा […]
३१ भदौ, काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो । सरकार मातहतका देशैभरिका […]
३१ भदौ, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरूले विविध विषय उठाएका छन् । कुनैले संवैधानिक अंगमाथिको हस्तक्षेपबारे लेखेका छन् भने केहीले नक्कली भ्याट बिल, मेडिकल शिक्षाका नाममा भइरहेको चर्को शुल्क असुली, नेकपा विवाद, डेंगु संक्रमणललगायत विषयलाई हेडलाइन बनाएका छन् । ‘सरकारको अंकुशमा संवैधानिक अंग’ शीर्षक दिएर नागरिकलले संवैधानिक अंगमाथि हस्तक्षेप हुन थालेको लेखेको छ […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बिहिबार देखि बाजुरा जिल्लाका विभिन्न ठाँउमा अविरल बर्षा भईरहेको छ । बर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रको जनजिवन प्रभावित भएको छ । बर्षायाम सकिने समयमा भदौरे झरी बढेपछि खेती योग्य जमिन तथा दर्जनौँ बस्तीहरु जोखिममा रहेका छन् । सदरमुकाम मार्तडी आसरपासमा मख्य नदिहरु भन्दा खहरे खोलाको बाढीले जनतालाई त्रास देखाई रहेको छ […]
नागरिक रैबार/बाजुरा २८ भदौ । बाजुराको बडीमालिका नगरपालिका वडा नं.१ पिनालेखबाट शुक्रबार प्रहरीले नगद सहित पाच जना जुवाडेलाई रङगे हात पक्राउ गरेको छ । प्रहरीले साँझ आठ बजे जुवा खेलिरहेको अवस्थामा पाँच जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा पिनालेखको शुरेश दानीको होटेलमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई […]
नागरिक रैबार/बाजुरा २७ भदौ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने अनन्ते मेला पर्व शुक्रबार बाट विधिवत रुपमा सूरु हुने भएको छ । तीन दिनसम्म लाग्ने यस मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् । जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको […]
चितवन। प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरालाई प्रहरीले पक्राउ गरेको छ। चितवन मेडिकल कलेजबाट चन्दका छोरा प्रकाश चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको प्रहरीले जनाएको छ। उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध […]
ऋषिपञ्चमी भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरेर मनाईने पञ्चमी विशेषतः महिलाहरुले मनाउने गर्छन । महिनावारीका बेला गरिएको पाप हटाउनका लागि हिन्दु धर्मावलम्बी महिलाहरुले पूजा गर्ने चलन र विश्वास छ । बिहानै उठेर नुहाउने र ब्राह्मणलाई निमन्त्रणा गरि पूजा आजा गर्ने चलन छ । पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा […]
काठमाडौं : नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। नेपाल आयल कर्पोरेसनका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै तीन प्रकारको इन्धनको मूल्य घटाइएको जानकारी दिए। ‘आम उपभोक्तालाई राहत दिन निगमको स्वचालित मूल्य प्रणाली बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य, पाइपलाइनबाट ढुवानी गर्दा […]
काठमाडौं : प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन्। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
धनगढी,भदौ २४ । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक स्थानीय नेताको गाडीमा आगजानी गरिएको छ । घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गएराति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी भएको कैलाली प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला […]
एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि नै सुदूरपश्चिमका कम्तीमा १२ सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य भईरहेको हो। ‘अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी […]
ओखलढुंगा : ओखलढुंगाका विभिन्न गाउँमा फैलिएको अमेरिकी फौजी किरा नियन्त्रण बाहिर गएको छ। कृषि ज्ञान केन्द्रले विषादी वितरण गरेपछि नियन्त्रणमा आएको दाबी गरिए पनि औषधिले काम नगरेको किसानको गुनासो छ। ‘मकै सकेपछि बोडी, मासका मुना र कोसा खान थालेको छ,’ चिसंखुगढी ६ भदौरेका किसान भीमबहादुर थापा मगरले भने, ‘औषधि छिट्दा छुँदै छोएन, औषधिमा टिपेर हाल्दा पनि […]
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दै छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने छ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए […]
नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा मुक्त हलिया समाजका पदाधिकारी तथा हलिया अधिकारकर्मीहरुलाई २ दिने तालिम आज शुरु भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ आयाेजनामा मुक्त हलिया समुदायको प्रतिनिधित्व र पैरवीमा सुधार तथा न्यायिक पुनस्र्थापनाका लागी हलिया समुदायको प्रभावकारी र शसक्त पैरवीका लागी जिल्लामा रहेका मुक्त हलिया समाजका पदाधिकारी […]
२३ भदौ, विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने विराटचोक–घिनाघाट चार लेनको २० किलोमिटर लामो सडकको शिलान्यास भएको छ । प्रदेशको स्थायी राजधानी जोड्ने २२ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा २० किलोमिटर मात्र बन्नेछ । सडक निर्माण असोज महिनादेखि गर्ने तयारी छ । प्रादेशिक सडक उद्घाटन गदै मुख्यमन्त्री शेरधन राईले यो सडकले समृद्धिको ढोका खोल्ने […]
२३ भदौ, गोरखा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत जिल्लामा १५ वटा खानेपानी योजना निर्माण भइसकेका छन् । २८ सय ७९ धारा जडान भएर पानी वितरण भइसक्यो । १ सय २० घरधुरी लाभान्वित हुनेगरी आरुघाट गाउँपालिका–१० को चापानी सिंगारे ढुङ्गा चनौटे लिफ्ट खानेपानी योजना पनि बनिसकेको छ । मोवाइल अपरेटिङ सिस्टमबाट पानी लिफ्ट […]