होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरी हवल्दारद्वारा १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास, चौकी घेराउ
समाचार

प्रहरी हवल्दारद्वारा १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास, चौकी घेराउ

  • नागरिक रैबार
प्रहरी हवल्दारद्वारा १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास, चौकी घेराउ

डोल्पा– सत्यम्, शान्ति, सेवा सुरक्षणम। समाजमा र राष्ट्रको सुरक्षाको पहरेदार गरि शान्ति सुरक्षा अमनचयन कायम राख्नु प्रहरीको पहिलो काम हो। प्रहरीलाई जनताको रक्षकको रुपमा लिइने गरिएको छ। तर जो रक्षक उही भक्षक भएपछि सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति कसरी गर्ने?

त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएका प्रहरी चौकी त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ वर्षीया बालिकालाई जवरजस्ती बलात्कार प्रयास गरेका छन्। त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्यायनरत १२ वर्षीया अनुजा थापालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती बलात्कार प्रयास गरेको पीडितका आफन्तले प्रहरी चौकी त्रिपुराकोटमा दिएको निवेदनमा उल्लेख छ।

पीडितले निवेदन दिएलगत्तै बलात्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरिक्षक टेकबहादुर देउवाले जानकारी दिए। आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन्। दुई तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछिस्थिति तनावग्रस्त भएको बताइएको छ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख नाराययण रन्जितकारले बलात्कार प्रयासका आरोपितलाई पक्राउ गरि जिल्ला ल्याइसकिएको र आवश्यक अनुसन्धान शुरु गरिएकाले चौकी घेराउलगायतका उच्छृङ्खल कार्य नगर्न स्थानीयलाई आग्रह गरिएको बताए । साभार नागरिक दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार