होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३१ भदौ, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले-कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका […]
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी छाया श्रममन्त्री डा. डिला संग्रौलाले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई दशैं अगाडि नै फर्काउन सरकारसँग माग गरेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा. संग्रौलाले एक विज्ञप्ति जारी गरी विदेशमा समस्यामा परेका नेपालीहरुलाई निःशुल्क स्वदेश फर्काउन माग गरेकी हुन् । उनले सर्वोच्चको आदेशपछि पनि सरकारले निःशुल्क उद्धार […]
काठमाडौं । सरकारले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ । यस्तै भोली हुने सार्कस्तरीय अर्थमन्त्रीको […]
३० भदौ, काठमाडौं । कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए । कर्मचारीले प्राधिकरणमा रातको १०/१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले […]
३० भदौ, डोटी । स्थानीय तहहरुले असार १० गतेभित्र स्थानीय सभामा नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रम पेश गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहहरुले अहिलेसम्म पनि बजेट तथा कार्यक्रम ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ […]
२९ भदौं, काठमाडौं । हरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण नयाँ नोट वितरण हुँदैन कि भन्ने सहजै आकलन गर्न सकिन्छ । दशैंको मुखमा नै लकडाउन भए राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्न […]
नागरिक रैबार/बाजुरा २७ भदौ । बाजुराको जुकोट र पाण्डुसैनमा फलेको अर्गानिक स्याउ पहिलोपटक धनगढी र काठमाण्डौका बजारमा हवाईजहाज मार्फत ढुवानी गरिएको छ । विहिबार पहिलो पटक धनगढीबाट बाजुराको कोल्टी एयरपोर्टमा अवतरण गरेको समिट एयरलाईन्सको हवाईजहाज मार्फत पहिलोपटक काठमाण्डौंका लागि १० टन र धनगढी बजारका लागि ६ टन स्याउ ढुवानी गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको […]
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौँ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो। विश्वभरी नै फैलिएको कोरोना संक्रमणका कारण रोजगारी गुमाएका सुदूरपश्चिमवासीका […]
प्रकाश विक/बाजुरा २६ भदौ। बडीमालिका नगरपालिकाको ४ र ६ स्थित बुढीगंगा नदिमा पर्ने जडाङ्गाको काठेपुल निर्माणमा बाजुरा उद्योग बाण्ज्यि संघले ५० हजार सहयोग गरेको छ । उद्योग बाणिज्य संघ बाजुराले शुक्रबार बुढीगंगा नदिको जडाङ्गामा स्थानीयहरुले निर्माण गरेको काठेपुलको अनुगमनसंगै काठेपुल निर्माणमा खटिएका स्थानीयहरुलाई नगद ५० हजार समेत सहयोग गरेको हो । काठेपुल निर्माण गर्ने स्थानीयहरुलाइ […]
२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपाली भने कोरोनाका कारण माहोल अर्कै छ । काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो । तीन साता लामो निषेधाज्ञा बिहीबारबाट खुकुलो बनाइयो । केही बन्देजहरुसहित बजार नियन्त्रितरुपमा […]
नागरिक रैबार/बाजुरा २५ भदौ। बडीमालिका नगरपालिकाको ८ नंम्बर वडा भित्रका विभिन्न होटल तथा पसलबाट म्याद नाघेका अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले बडीमालिका नगरपालिका ८ स्थित राप्क बजार बाट ५ पेटी वियर, पाँच लिटर घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरेको मदिरा जिल्ला प्रहरी कार्यालय […]
२५ भदौ, काठमाडौं । सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । यो कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ । नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा […]
आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्। बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर […]
हेटौंडा २३ भदौ । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला […]
२३, भदौ, काठमाडौं । मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ । नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री […]
२३ भदौ, काठमाडौं । चारमहिने लकडाउनका बेला सरकारले जनताबाट कर उठाउन पाएन । लकडाउनकै वीचमा कर उठाउन खोज्दा सर्वोच्च अदालतमा मुद्दा पर्यो । र, अदालतले लकडाउन खुलेको एक महिनापछि मात्रै कर लिन पाउने आदेश दियो । सरकारले साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउनको अवधिमा पनि सरकारले सूचना निकालेर फाट्टफुट्ट कर उठाइरहेकै […]
२२ भदौ, काठमाडौं । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ । यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन […]
काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर, यो नियमावली अहिलेसम्म मन्त्रिपरिषदमा अड्किएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव गरेको हो । हालको नियमावली प्राथमिकीकरणको चौथो नम्बरमा […]
२२ भदौ, काठमाडौं । २०७५ फागुन २ गते एकान्तकुनामा सरकारले ‘पानीजहाज कार्यालय’ स्थापना गर्यो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ तर, कार्यालय खुलेको डेढ वर्षसम्म कानून बनाउने र जलमार्गको अध्ययनका लागि परामर्शदाता छान्ने प्रक्रियासमेत सकिएको […]
बाजुरा। बाजुरा जिल्लाको बडिमालिका खवरको पहलमा बुढिनन्दा नगरपालिकाका बिभिन्न ८ परिवारलाई राहत साम्रगी बितरण गरिएको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न २ र १ बिपन्न तथा असक्त गरि ८ परिवारलाई राहत साम्रगी बितरण गरेको हो । बिभिन्न सहयागीहरुको सहयोग तथा बडिमालिका खवरको समन्वयमा अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका […]