होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्राधिकरणबाट विदा हुँदै कुलमानले भने : टिममा काम गर्‍यौं, नतिजा आयो
समाचार

प्राधिकरणबाट विदा हुँदै कुलमानले भने : टिममा काम गर्‍यौं, नतिजा आयो

  • नागरिक रैबार
प्राधिकरणबाट विदा हुँदै कुलमानले भने : टिममा काम गर्‍यौं, नतिजा आयो

३० भदौ, काठमाडौं । कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् ।

विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए । कर्मचारीले प्राधिकरणमा रातको १०/१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताए ।

उनले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको बताए ।

विज्ञापन

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

अब अर्को कार्यकलका लागि नियुक्त भए मात्रै उनी प्राधिकरण फर्किनेछन् । तर, उनको पुननियुक्ति गर्न प्रधानमन्त्री केशपी शर्मा ओली तयार छैनन् ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार