होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्याजमा भारतीय निर्भरता : बंगलादेशले पाठ सिक्यो, तर नेपालले ?
समाचार

प्याजमा भारतीय निर्भरता : बंगलादेशले पाठ सिक्यो, तर नेपालले ?

  • नागरिक रैबार
प्याजमा भारतीय निर्भरता : बंगलादेशले पाठ सिक्यो, तर नेपालले ?

३१ भदौ, काठमाडौं । गत वर्ष असोज १२ गते भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा प्रतिबन्ध लगायो । विश्वमा धेरै प्याज उत्पादन हुने मुलुक मध्येको एक भारतले निर्यातमा रोक लगाएपछि दक्षिण एशियाली मुलुकहरुमा प्याजको भाउ छोई नसक्नु भयो ।

४ अक्टोबर २०१९ (असोज १७,२०७६ मा) बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो भान्सामा महँगो प्याज प्रयोग नगर्न निर्देशन दिएको विषय त्यसबेला चर्चामा आएको थियो । भारतबाट प्याज नआएपछि बंगलादेश मात्रै होईन नेपाल पनि नराम्ररी पिल्सिन पुग्यो ।

भारतले रोक लगाएको दिन कालीमाटी तरकारी बजारमा प्याजको थोक मूल्य ८८ रुपैयाँ थियो । असोजको प्रतिबन्धपछि मंसिरमा प्याजको मूल्य ८८ रुपैयाँबाट बढेर थोकमै प्रतिकिलो २४० रुपैयाँमा कारोबार भयो । व्यापारीहरुका अनुसार खुद्रा बजारमा प्याजको उपभोक्ता मूल्य गत वर्ष तीन सय रुपैयाँसम्म पुग्यो । करिब पाँच महिनासम्म कायम भारतीय प्रतिबन्धका कारण प्याजको मूल्य उच्च नै रह्यो ।

विज्ञापन

बंगलादेशले सिकेको पाठ

भारतले पूर्व जानकारीबिनै प्याजको निर्यात रोकिएदिएकोेमा बंगलादेशी सरकार भारतसंग रुष्ट बन्यो । बजारमा प्याजको चरम हाहाकारपछि बंगालदेशले जहाज चार्टर्ड गरेर प्याज आयात गर्नेदेखि प्याज खेतीका किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम घोषणा गर्‍यो ।

भारतीय प्रतिबन्धको दुई महिनापछि बंगलादेशका वाणिज्यमन्त्री थिपु मानुसीले भारतबाट प्याज आयात अवाश्याक नभएको सार्वजनिक घोषणा गरे ।

‘हामीले प्याजमा आत्मनिर्भर हुन चालेका कदमहरु सफलता उन्मुख छन् । प्याजको अभाव हामीले अब झेल्नुपर्ने छैन । पूर्व जानकारी वेगर हामीलाई दुःख दिने भारतीय प्याज अब बंगलादेशमा आवश्यक छैन,’ मन्त्री मानुसीलाई उद्वृत गर्दै ढाका ट्रिब्यूटले जनवरीमा लेखेको थियो ।

देशभर २५ सय ९० हेक्टर जमिनमा ३.२२ लाख टन प्याज उत्पादन गर्ने महत्वकाक्षी योजना बंगलादेश सरकारले अघि सारेको थियो । यसअन्र्तगत २५ सय किसानलाई मल, बीउ र सिंचाई सुविधाका लागि सरकारले अनुदान दियो । फलस्वरुप बंगलादेशले अघिल्लो वर्षको तुलनामा उलेख्य मात्रामा यस वर्ष प्याज उत्पादन गरेको दाबी गरिएको छ ।

भारतीय प्रतिबन्धपछि यसपटक पनि बंगलादेशी बजारमा एक सय टाकाको दरले प्याजको भाउ उकालो लागेको छ । तर, बंगलादेशको सरकारी स्वमित्वको ड्रेडिङ कर्पोरेसन बंगलादेशले आईतबारदेखि प्रतिकिलो ३० रुपैयाँ टाकामा प्याजको सहुलियत पसल सञ्चालन गर्दै अभाव चिर्ने योजना सार्वजनिक गरेको छ ।

नेपालको अवस्था

गत वर्ष असोज १२ मा प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध पाँच महिना पछि फागुनमा खुल्यो । त्यसयता नेपाली बजारमा १८ रुपैयाँ किलोसम्ममा झरेको मूल्य सोमबार रातीपछि पुनः आकाशिन थालेको छ ।

२४ घण्टामा प्याजको भाउ झण्डै १५० प्रतिशतले बढीसकेको छ । तर प्याज उत्पादन र अभाव टार्न सरकारले गरेको प्रयास भने पर्यप्त देखिएको छैन । गत वर्षको अभावपछि चालु आवमा सरकारले १० स्थानीय तहमा १० लाखका दरले प्याजको गानो उत्पादन कार्याक्रमका लागि शसर्त अनुदान दिने कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम अनुसार अर्को वर्ष मात्रै प्याजको उत्पादन उपभोक्ताले पाउने छन् ।

गत वर्ष र अहिलेको अवधिमा प्याजको उत्पादन बढेको कृषि मन्त्रालयले अनुमान मात्रै छ । २० हजार ९ सय हेक्टर क्षेत्रफलबाट तीन लाख मेटि्रक टन प्याज उत्पादन हुने राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको अनुमान छ । जबकी आब ७५/७६ मा सोही क्षेत्रफलमा भएको प्याज खेतीबाट २ लाख ९१ हजार मेट्रिकटन मात्रै प्याज उत्पादन भएको थियो ।

सो वर्ष नेपालले एक लाख ६८ हजार ४ सय मेट्रिकटन प्याज आयात गरेको थियो । आव ७६/७७ मा नेपालले एक लाख ६ हजार मेटि्रक टन प्याज आयात गरेको भन्सार विभागले जनाएको छ । यद्यपी बंगलादेशमा झै सहुलियत मूल्यमा सरकारी कम्पनीले प्याज बिक्री गर्न सक्ने अवस्था भने नेपालले बनाएको छैन ।

नेपालमा प्याज खेती

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रकाअनुसार प्याजको खेती उच्च हिमालीबाहेक नेपालका सबै ठाउँहरुमा हुन्छ । घाम लाग्ने पारिलो ठाउँमा प्याजको खेति राम्रो हुने केन्द्रले जनाएको छ ।

प्याजको बोट १३ देखि २४ डीग्री सेन्टीग्रेड तापक्रममा राम्रो फस्टाउँछ । पानीको राम्रो निकास भएको, हलुका दोमट मलिलो माटोमा प्याज खेती गर्न उपयुक्त हुने केन्द्रको सुझाव छ । नेपालमा एक पाउ देखि आधी किलोसम्मका प्याजको गाना उत्पादन हुने तरकारी बाली बिकास केन्द्रको भनाई छ ।

नसिक ५३, रेड क्रियोल, सुपरेकस, टी आई १७२, कास, भेनस र विन्टर सिल्भर गरि ७ जातका प्याजका बीउहरु हुन्छन् । प्राय सबै जातका प्याजहरू नेपालमा खेती गर्न सकिन्छ । बीउ छरेर, उमारेको बेर्नालाई सारेर र प्याजको साना दानाका सेट तयार गरेर प्याजको खेती गर्न सकिन्छ ।

नेपालको तराईमा असोजदेखि कात्तिक अन्तिम र पाहाडमा कात्तिक देखि देखि पुषको दोस्रो सातासम्म प्याज रोप्ने सिजन हो । बीउ उमारेर प्याजको बेर्ना तयार हुन एक महिना लाग्छ । तरकारी बाली बिकास केन्द्रका अनुसार एक महिना पछि रोपेको बेर्नाबाट १६० दिनमा प्याज तयार हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार