बिहिबार, अशोज ८, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाज
  • जडाङ्गाको काठेपुल निर्माणमा उद्योग बाण्ज्यि संघको ५० हजार सहयोग
समाज

जडाङ्गाको काठेपुल निर्माणमा उद्योग बाण्ज्यि संघको ५० हजार सहयोग

  • नागरिक रैबार
जडाङ्गाको काठेपुल निर्माणमा उद्योग बाण्ज्यि संघको ५० हजार सहयोग

प्रकाश विक/बाजुरा २६ भदौ। बडीमालिका नगरपालिकाको ४ र ६ स्थित बुढीगंगा नदिमा पर्ने जडाङ्गाको काठेपुल निर्माणमा बाजुरा उद्योग बाण्ज्यि संघले ५० हजार सहयोग गरेको छ ।

उद्योग बाणिज्य संघ बाजुराले शुक्रबार बुढीगंगा नदिको जडाङ्गामा स्थानीयहरुले निर्माण गरेको काठेपुलको अनुगमनसंगै काठेपुल निर्माणमा खटिएका स्थानीयहरुलाई नगद ५० हजार समेत सहयोग गरेको हो ।

Image may contain: 6 people, including Man Bahadur Karki, people standing and outdoor

विज्ञापन

काठेपुल निर्माण गर्ने स्थानीयहरुलाइ नगद रकम सहयोग तथा काठेपुलको अनुगमन तथा निरिक्षण गर्न उद्योग बाणिज्य सघका अध्यक्ष देवबहादुर रोकाया, बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे, प्रहरी नायव उपरिक्षक मदनजीत महरा, गाैमुल गाउँपालिका उपाध्यक्ष हरीबहादुर रोकाया र नेकपा नेता काँशी विक लगायतका सहभागी भएका थिए ।

Image may contain: 6 people, people standing and outdoor

बढीगंगा नदिमा गत साउन २५ गते राति आएको बाढीले साँफे मार्तडी सडक खण्डको मुख्य राजमार्ग जडाङ्गामा रहेको बेलिव्रिज र झोलङ्गे पुल बगाएपछि स्थानीयहरुलाई सदरमुकाम मार्तडी आउन र जान निकै समस्या भएको थियो ।

Image may contain: one or more people, outdoor and nature

वेलिव्रिज र झोलङ्गे पुल बाढीले बगाएपछि स्थानीयहरुले केही दिन अघिसम्म सोही ठाउँमा तुइन बाट आवत जावत गर्दै आएका थिए ।
तुईनबाट नदिमा आवतजावत गर्न निकै जोखिमपूर्ण भएपछि स्थानीयहरु, नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीको सक्रियतामा सोही ठाउँमा काठेपुल निर्माण गरेर सन्चालनमा ल्याइएको बडीमालिका ४ का वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार