होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यसपालीको दशैंमा नयाँ नोट पाइन्छ ?
समाचार

यसपालीको दशैंमा नयाँ नोट पाइन्छ ?

  • नागरिक रैबार
यसपालीको दशैंमा नयाँ नोट पाइन्छ ?

२९ भदौं, काठमाडौं । हरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? धेरैलाई यतिबेला चासोको विषय बनेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण नयाँ नोट वितरण हुँदैन कि भन्ने सहजै आकलन गर्न सकिन्छ ।

दशैंको मुखमा नै लकडाउन भए राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्न सक्छ । तर दशैंमा नयाँ नोट नै दक्षिणा दिनु पर्छ भन्ने प्रचलनका कारण कतै यसपाली नयाँ नोट नपाइने हो कि भन्ने सर्वसाधारणलाई लागेको छ ।

हुनत गत वर्ष नै तत्कालीन मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले दशैंमा नै नयाँ नोट वितरण गर्न नहुने बताएका थिए । नयाँ नोट नै दक्षिणामा प्रयोग गर्ने चलनले नोटको आयु घटेको भन्दै यस विषयमा छलफल समेत भएको थियो । त्यसपछि राष्ट्र बैंकले दशैं मात्रै होइन अन्य चाडाबाडमा पनि नयाँ नोट वितरण गर्ने निर्णय गर्यो ।

विज्ञापन

सधैं झैं यसपाली पनि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको योजना छ । तर कोरोनाले कत्तिको असर गर्ला भनेर अहिले राष्ट्र बैंकले कुनै निर्णय भने गरिसकेको छैन । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवति नेपाल अहिले नियमित प्रक्रियाबाट नयाँ नोट छपाइ भएर आइरहेको बताउँछन् ।

उनका अनुसार दशैंमा वितरण गर्नका लागि नयाँ नोटको खासै अभाव हुने छैन । फेरि थप नयाँ नोट पनि आउने प्रक्रियामा नै रहेको कार्यकारी निर्देशन नेपालले बताए । ‘छापिएका नोटहरु आइपुग्न पोहोरको भन्दा अलिकति ढिला हुन्छ भन्ने छ, तर यसपाली दशैं पनि ढिला नै भएकाले खासै त्यस्तो समस्या छैन’ उनले भने ।

नयाँ नोट वितरण गर्ने नगर्ने वा के-कसरी गर्ने भन्ने विषयमा भने कुनै छलफल नभएको उनले बताए । अझै दशैं आउन एक महिना भन्दा लामो समय बाँकी रहेका कारण अहिले कुनै छलफल नभएको उनको भनाइ छ । ‘दशैं आउन समय छ, हामी असोज १५ गतेतिर के गर्ने भन्ने विषयमा हामीले निर्णय गर्नेछौं’ विभागीय प्रमुख नेपालले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार