होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र बिक/बाजुरा १५ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ चौराटाकी ३० बर्षिया धना चंदाराको आर्थिक अभावकै कारण उपचारमा समस्या भएको छ । ६ महिना देखि चंदाराका दुवै मृगौलाले काम गर्न छोडेको छ । चंदाराका दुबै मृगौलाको उपचार नेपालका अस्पतालहरुमा सम्भव नभएपछि उनलाई भारतको दिल्ली स्थित .महाराजा अग्रेसन अस्पतालमा उपचाररत रहेकी छन् ।आर्थिक अभावकै कारण […]
नागरिक रैबार/बाजुरा ९ माघ। मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था गौमुल गाउँपालिका १ अम्लिसद्धारा संचालित गौमुल कोशेली घरको मार्तडीमा उद्धघाटन् गरिएको छ । कोशेली घरको शुक्रबार एक औपचारिक कार्यक्रमका विच निवर्तमान सांसद लालबहादुर थापाले रिवन काटेर उद्धाटन् गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा गौमुल गाउँपालिका कृषि विकास शाखाको प्रर्वद्धनमा उक्त कोशेली घर मार्तडीमा संचालनमा […]
चक्र बहादुर अएडी । जिल्लाकै पहिलो धनराशिको महिला तथा पुरुष खुला भलिभव प्रतियोगिता आज बाट त्रिवेणी नगरपालिकामा सुरु भएको छ । विहिवार बाट एक औपचारिक कार्यक्रमका विच त्रिवेणि नगरपालिका वडा नम्वर ७ दम्थामा पानसमा दिप प्रज्वलन उद्धघाटन गरिएको छ । उद्धघाट त्रिवेणी नगरपालिका नगर प्रमुख एवम नेपाली काँग्रेशका बरिष्ठ नेता रामसिंह रावलले उद्धघाटन गर्नु भएको […]
संसदीय इतिहासमा विरलैमात्रै देखिने दृश्य यसपटक प्रदेश १ को संसदमा देखिने सम्भावना उच्च भएको छ।नेपालकै संसदीय इतिहासमा पनि विपक्षीले गर्ने रोष्ट्रम घेराउदेखि कुर्सी तोडफोडका घटना प्रतिनिधिसभा र संविधान सभामा देखिएको थियो। यसपटक प्रदेश १ को संसदमा भने विपक्षीभन्दा पनि सत्तारूढ नेकपाको लहरमा सुरक्षा बल बढी केन्द्रित हुने भएको छ।भोलि बुधबारदेखि सुरू हुने प्रदेश १ संसदको […]
५ माघ, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । यो प्रतिवेदन राष्ट्रिय योजना आयोगले तयार पारेको हो । आयोगले यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ, तर सार्वजनिक भने गरेको छैन । […]
५ माघ, भजनी (कैलाली) । कैलालीको टीकापुर नगरपालिका-१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुगे । त्यहाँ पुग्दा दलालको फन्दामा परेका उनले सुरुमा महिनामा १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उनीसँग कुनै उपाय थिएन । विमानस्थलबाटै बलबहादुरको राहदानी दलालले आफ्नो हातमा लगिसकेको थियो । दुई वर्ष मलेशिया बसेका […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको […]
काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन […]
४ माघ, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७मा हरेक स्थानीय तहको केन्द्रलाई प्रदेशको राजधानीसँग पक्की सडकले जोड्ने नीति लियो । तर, स्थानीय पूर्वाधार विभागको प्रारम्भिक तथ्यांकअनुसार ७५३ मध्ये ६१ वटा स्थानीय तहका केन्द्रहरु अहिले पनि सडक सञ्जालसँग जोडिएका छैनन् । सडक पुगे पनि २ सय १२ स्थानीय तहको केन्द्रसम्म पक्की सडक छैन । स्थानीय […]
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतकाे दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् । देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको उनको भनाइ छ । सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणाअनुसारको व्यवहारमा नदेखिएको […]
नागरिक रैबार/बाजुरा १ माघ। बडीमालिका नगरपालिका वडा नं. ९ का वडा सदस्य लालचन्द नेपालीले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका अति विपन्न परिवारलाई कम्मल सहयोग गरेका छन् । जन्मदिनको अवसर पारी आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका अतिविपन्न परिवारका १० जनालाई चिसोबाट जोगाउन व्यक्तिगत रुपमा कम्वल सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा विपन्न […]
२९ पुस, काठमाडौं । कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरु गुहारेको छ ।स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको हो । दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन मन्त्रालयले भनेको छ । खोप […]
नागरिक रैबार/बाजुरा २७ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । “समृद्ध नगर, खुसी नगरबासी” भन्ने मुल नाराका साथ सुरु भएको नगरपालिकाको आठौं नगर सभा सोमबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो । नगरपालिकाले सातौँ नगरसभा पश्चात कार्यपालिकाको बैठकबाट स्वीकृत गरेका कार्यविधिहरु पारित गर्दै आठौँ नगर सभा सम्पन्न […]
२४ पुस, काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका […]
२४ पुस, काठमाडौं । महामारीका कारण विकासको गति सुस्त भएका बेला सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । धेरैजसो ठेकेदारहरु ६४ अर्बको नगदी तरलता हुने गरी भुक्तानी माग्दै साइटमा फर्किन मानेका छैनन् । यस्तो बेलामा अर्थ मन्त्रालयले काम भइसकेका विकास आयोजनामा भुक्तानी दिन आनाकानी गरेको गुनासो आउन थालेको छ । चुनावका […]
२३ पुस, काठमाडौं । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् । त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास […]
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले पालिकाका पाँच वटै वडाका वडा अध्यक्षलाई मोटरसाईकल हस्तान्त्रण गरेको छ । वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र सुईजिउलासम्म पुग्न र वडाका कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले पालिकाका पाँच वटै वडाका वडा अध्यक्षलाई एक-एक वटा मोटरसाईकल हस्तान्त्रण गरेको हो । बुधबार गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले गाउँपालिकाको तर्फबाट मोटरसाईकलको पुजाआजा गर्दै […]
विश्वका भैँसीविज्ञको सहभागितामा दसाैँ एसिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दसाैँ एसियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी २० जेठदेखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एसियन बफेलो एसाेसिएसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी […]
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको जानकारी दिए । बाेहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको बताए । उनी केही दिनअघि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम-२ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका […]
कञ्चनपुर– भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उनको दिनचर्या हो ।नदीको बगरमा बालुवा नचाले उनको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उनले बालुवा गिट्टी चाल्ने […]