बिहिबार, फाल्गुन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक लाख ९० हजार घुससहित चारजना पक्राउ
समाचार

एक लाख ९० हजार घुससहित चारजना पक्राउ

  • नागरिक रैबार
एक लाख ९० हजार घुससहित  चारजना पक्राउ

काठमाडौं : घुस लिएको आरोपमा सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित चारजना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई १ लाख ९० हजार घुससहित रंगेहात पक्राउ परेको हो ।

निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगरलाई स्रोत नखुलेको यो रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

बागमती प्रदेश ०१–००२ झ ५३१८ मा बुटवलतर्फ आउँदै गरेको अवस्थामा रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।

विज्ञापन

त्यसैगरी राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईसहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
प्रसाईसहित क्यान्टिन संचालक सुदर्शन न्यौपाने, हलुका सवारी चालक सुरेशप्रसाद नेपालविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो ।

उनीहरुले अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने ५२ हजार घुस लिएका थिए । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार