होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुवै मृगौला फेल भएकी बडीमालिका ९ कि धनाको उपचारमा समस्या
समाचार

दुवै मृगौला फेल भएकी बडीमालिका ९ कि धनाको उपचारमा समस्या

  • नागरिक रैबार
दुवै मृगौला फेल भएकी बडीमालिका ९ कि धनाको उपचारमा समस्या

राजेन्द्र बिक/बाजुरा १५ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ चौराटाकी ३० बर्षिया धना चंदाराको आर्थिक अभावकै कारण उपचारमा समस्या भएको छ । ६ महिना देखि चंदाराका दुवै मृगौलाले काम गर्न छोडेको छ ।

चंदाराका दुबै मृगौलाको उपचार नेपालका अस्पतालहरुमा सम्भव नभएपछि उनलाई भारतको दिल्ली स्थित .महाराजा अग्रेसन अस्पतालमा उपचाररत रहेकी छन् ।आर्थिक अभावकै कारण उनलाई भारतको अस्पतालमा उपचार छोडेर नेपाल फर्किनु पर्ने बाध्यता रहेको छ । सामान्य घरकी उनले रिण गरेरै अहिले सम्म उपचारमा १० लाख रुपैयाँ खर्च गरिसकेकी छन्।

डाक्टरले कि किड्नी नंया राख्नु पर्ने कित डाइलासिस गरिराख्नु पर्ने भएकाले पुरै ठिक गरि पहिलाकै अवस्थामा फर्काउन १२ लाख जति खर्च फेरि लाग्न सक्ने बताएको उनका श्रीमान दल बहादुर चंदाराले बताए।एक छोरा र एक छोरी रहेकी उनको पारिवारिक स्थिती निकै दयनिय छ आर्थिक अभावकै कारण उपचार गर्न नसक्दा आफुहरु बिचैमा उपचार छोडी गाउँ फर्किदैछौ अब के गर्ने कसो गर्ने कहि कतै बाट सहयोगी हातहरुको सहयोग मिले आफुले उनलाइ बचाउन सक्ने अन्यथा आफु र छोराछोरिको जीवन अन्धकारमय हुने हुंदा सहयोगि निकायलाइ सहयोगका लागि अनुरोध छ रुदै पति चंदाराले भने।

विज्ञापन

दिल्लिमा आफन्तहरुको डेरामा बसि उहांहरुकै सहयोगमा अहिले सम्म उपचार गरांए र बांचे अब कति दिन सम्म बांच्न सकिने हो पत्तो छैन ।त्यति धेरै पैसा हामिले पाउने कुरा भएन पैसा नभए उपचार सम्भबनै छैन मलाइ बचाउन सहयोगी निकाय संग समन्वय गरिदिन पर्यो नागरिक रैबार संग कुरा गर्दै धनाले दुखेसो पोखेकी छन्। आर्थिक नजुटे सम्म घरकै बेडमा छटपटाउनु बाहेकको बिकल्प नरहेकाले सहयोगका लागि परिवारले सरोकारवाला हरु संग हारगुहार गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार