होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देश भ्रष्टाचारमय छ : वामदेव गौतम
समाचार

देश भ्रष्टाचारमय छ : वामदेव गौतम

  • नागरिक रैबार
देश भ्रष्टाचारमय छ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतकाे दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् ।

देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको उनको भनाइ छ । सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणाअनुसारको व्यवहारमा नदेखिएको उनको ठहर छ ।

भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भए पनि लागू हुन नसकेको उनले बताए । गौतमले प्रकृतिमा रहेका सबै प्राणीहरूको अन्तर्निहित सम्बन्ध नबिगारीकन विकास गर्नुपर्ने बताए ।

विज्ञापन

राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने जनाए । एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

बैठकमा बोल्दै, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कोभिड– १९ पछि बजार भाउ अत्यन्तै महँगिएको भन्दै बजार अनुगमन आवश्यक रहेको औँल्याए । उनले सार्वजनिक यातायात सरकारले भनेअनुरूप सञ्चालन भइरहेका छन् कि छैनन् ? भन्दै त्यसको पनि अनुगमन गर्नुपर्ने माग गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार