होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • अब दिपायल–बडीमालिका ‘हेली टुर प्याकेज’ सुरु हुने
पत्रपत्रिका

अब दिपायल–बडीमालिका ‘हेली टुर प्याकेज’ सुरु हुने

  • नागरिक रैबार
अब दिपायल–बडीमालिका ‘हेली टुर प्याकेज’ सुरु हुने

बाजुरा: बाजुराको धार्मीक तथा पर्यटकिय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने भएको छ।खप्तड होम स्टेको सहयोगमा भोलि(आइतबार)बाट दिपायलदेखि बडीमालिकासम्म ‘हेली टुर प्याकेज’को शुभारम्भ हुने खप्तड होम स्टेका संचालक दिपक खड्काले बताए। भोलि नेपाल पर्यटन बोर्डका सियो डाक्टर धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले ‘हेली टुर प्याकेज’को शुभारम्भ गर्ने उनले बताए। उक्त प्याकेज माघ २५ गतेसम्म संचालन हुने बताइएको छ। बडीमालिका र खप्तडको पर्यटन प्रबद्धन गर्न माउन्टेन हेलिकेप्टरको समन्वय तथा खप्तड होम स्टेको सहयोगमा सो प्याकेज ल्याएको होम स्टेका संचालक खड्काले बताए। हेलिकेप्टरबाट दिपायल–बडीमालिका जान प्रति व्यक्ति २७ हजार ५ सय तोकिएको जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै