होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य छन् निजी क्षेत्र
देश/प्रदेश

दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य छन् निजी क्षेत्र

  • नागरिक रैबार
दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य छन् निजी क्षेत्र

काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् l

सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी व्यवसायीसँग चन्दा उठाउन थालेपछि उद्योगी व्यवसायी सकसमा परेका छन् । संघीय राजधानी काठमाडौंमा प्रतिस्पर्धात्मक शैलीमा भएका प्रदर्शनमा जिल्लाजिल्लाबाट सहभागी पु¥याउने नाममा चन्दा उठाइएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन भएयता राजनीतिक अन्योल बढेर गएको छ । सत्तासीन नेकपाकै प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । ओली समूह समर्थकले प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेका छन् ।

विज्ञापन

मुख्य औद्योगिक प्रतिष्ठानहरू रहेको वीरगञ्ज–पथलैया कोरिडोरका उद्योग र प्रतिष्ठानका कार्यालयहरूमा सत्तासीन राजनीतिक दलका समूहले प्रतिस्पर्धात्मक रूपमा चन्दा उठाइरहेको एक उद्योगीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–माधव दुवै समूहले उद्यमी व्यवसायीसँग चन्दा मागेका छन् ।

दुवै नेकपाका स्थानीय नेताहरूले आन्दोलनमा सहभागिता जुटाउने नाममा व्यवसायीलाई सहयोगका लागि दबाब दिएका छन् । प्रचण्ड–माधव समूह र ओली समूहले संघीय राजधानीमा गरेको प्रदर्शनमा सहभागिता जुटाउन भन्दै ती समूहका नेताहरूले चन्दा उठाएका हुन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  ओमप्रकाश खनालले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार