होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम- अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् । गाई भैसी बाध्ने गोठ भित्रै शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार शव प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा […]
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ ।समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो ।बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको […]
नागरिक रैबार/ बाजुरा १९ माघ। बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धीत निकायलाई नागरिक समाज बाजुराले हप्तादिन अगाडि जिल्लाका समसामयिक विषयमा ८ बुदे ध्यान आर्कषण पत्र दिएको थियो । आईतबार फेरि ८ बुदे ज्ञापनपत्र नागरिक सेवा सरोकार मञ्च बाजुराले तिनै विषयका सन्दर्भमा सिडियोलाई गुहार्न पुग्यो । र, भन्दै छ । सिडियो साहेव ! कोल्टीतिर निकै दुख […]
काठमाडौं माघ,१९-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपौध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा […]
नागरिक रैबार/माघ १६ बाजुरा । जिल्लामा क्रियाशिल अरू दलको त कुरै छोडौँ । जनसरोकारका विषयमा नेकपा जिल्ला कमिटी बाजुरा समेत यतिबेला मौन देखिनु निकै दुखद कुरा भएको नेकपा जिल्ला कमिटी सदस्य नेता मानबहादुर विक (मनोज) ले बताएका छन् । बुधबार दिउँसो नागरिक रैबारसंगको कुराकानीमा उनले नेकपा बाजुराले जिल्ला कमिटीको बैठकबाट आफैले–आफैलाई बधाई दिने वाहेक जनपक्षीय […]
रौतहट – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आज (मंगलबार) बिहान विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा गौतमलाई पक्राउ गरेको हो । चन्द्रनिगाहपुर वडा नम्बर ३ बाट पक्राउ परेका उनिहरुलाई आजै दिउँसो सार्बजनिक गरिने इप्रका चन्द्रनिगाहापुरका प्रहरी नायव उपरिक्षक हेमबहादुर […]
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने बताए । गत पुस ७ गते […]
काठमाडौं – सभामुखमा निर्वाचित भएपछि अग्नि प्रसाद सापकोटाले आज पहिलो पटक बैठकको अध्यक्षता गर्दैछन । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा उनले अध्यक्षता गर्नेछन ।नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।बैठकमा […]
काठमाडौँ । नेकपा सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन् ।प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय […]
काठमाडौं : सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध हुने पक्का भएको छ। माघ ७ गते उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो। तर, यसको औपचारिक घोषणा भने आइतबार हुँदैछ।दिउँसो ३ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकाले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि […]
माघ ९, डोटी / राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार बिजयी भएका छन । महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर बिजयी हुनु भने स्वारले तिन हजार ७ सय बिस मत प्राप्त गरेका हुन । नेपाली कांग्रेसका उम्मेदवार तुलसी देबकाेटाले १ हजार आठ सय ५४ मत […]
नागरिक रैबार/बाजुरा ९ माघ। बाजुरा जिल्लाका विभिन्न सवाल्र र समस्याहरुको समयमै समाधान हुन नसके थप दवाव तथा संर्घषका कार्यक्रम अगाडि बढाइने नागरिक समाज बाजुराले ध्यानाकर्षण मार्फत जनाएको छ । जिल्ला भरिका स्वास्थ्य, सडक, शिक्षा, खानेपानी, विजुली लगायतका सवाल तथा समस्याहरुको विषय उठाँउदै नागरिक समाज बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न मन्त्रालय र बाजुरा जिल्लाबाट निर्वाचित […]
कास्की । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् । उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन् । त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । […]
पोखरा– गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले प्रदेश सांसद गुरुङलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो । मनाङे विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका […]
माघ ९, डोटी राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तरगत सुदूरपश्चिममा विहिबार भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । डोटीको पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो । महिला सदस्य १ जना र अन्य सदस्य १ जना गरी दुइ जना सदस्यका लागि सुदूरपश्चिमबाट सत्तारुढ दल […]
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले प्रर्दशन गरेका छन्।नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका छन्। एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको […]
काठमाडौं, ८ माघ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन स्थलमा मतपत्र पत्र पुर्याउने, निर्वाचन लक्षित सुरक्षा लगायत सम्पुर्ण तयारी पूरा भएको जनाएको हो । सातै प्रदेशमा हुने निर्वाचनका लागि आवश्यक मतदान स्थल पनि आज साँझसम्म निर्माण भइसक्ने आयोगको भनाई छ । प्रदेश १ को […]
प्रतिनिधि सभाको सभामुख पदको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गरेका छन् । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा मंगलबार मध्याह्न सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटामा उम्मेद्वारी दर्ताको प्रस्तावकमा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकहरुमा नेकपा सांसद देव गुरुङ, ओनसरी घर्ती […]
काठमाडौँ – नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो […]
माघ ६ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष परिपत्र ७ मा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्दी’ जारी गरेको हो । अध्यक्षद्वय केपी […]