होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रचण्डको भाषण चित्त नबुझेपछि जुत्ता हानें– तिरुवा
राजनीति

प्रचण्डको भाषण चित्त नबुझेपछि जुत्ता हानें– तिरुवा

  • नागरिक रैबार
प्रचण्डको भाषण चित्त नबुझेपछि जुत्ता हानें– तिरुवा

काठमाडौं– जुम्लाको सिन्जा गाउँपालिका–२ घर भएका २१ वर्षीय रतन तिरुवाले १ वर्ष अगाडि मात्रै कक्षा १२ (प्लस टू) को अध्ययन सक्काएका थिए । प्लस–टू पढ्नु अगाडि उनले टी–एसएसली अन्तर्गत १ वर्षको अमिन कोर्ष पूरा गरेका थिए ।

अमिन पढेर जागिर पाउने आशमा उनी आफ्नो स्थानीय तह सिन्जा गाउँपालिका कार्यालयमा पनि पुगेका थिए । तर, गाउँपालिकाले तत्काल अमिनको जागिर नखुल्ने जनाएपछि उनी लोक सेवामा नाम निकाल्नै भन्दै केही महिना अगाडि काठमाडौं आइपुगेका थिए । काठमाडौंको डल्लुमा डेरा गरेर बस्दै गरेका तिरुवा आइतबार काठमाडौंको भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृह पुगेका थिए ।

उनी दिवंगत कम्युनिस्ट नेता भरतमोहन अधिकारीको स्मृतिमा आयोजना भएको स्मृति सभामा छिरे । स्मृति सभाको प्रमुख अतिथि तथा मुख्य वक्ता थिए, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ।

विज्ञापन

प्रचण्ड मुख्य वक्ता रहेको स्मृति सभामा पुगेका अन्य सहभागी जस्तै उनी पनि ‘सामान्य’ व्यक्ति नै हुन् । तर, आइतबार साँझदेखि भने उनी आफ्नै ‘काम’ले चर्चित भएका छन् ।  आफैंलाई चर्चित बनाउने उनको काम हो, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार । प्रचण्डमाथि जुत्ता प्रहार गरेपछि उनी अहिले प्रहरीको नियन्त्रणमा छन् । तर, विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमा भने उनी चर्चित भइसकेका छन् ।

प्रहरीसँगको बयानमा भने तिरुवाले प्रचण्डको भाषणले आक्रोशित भएपछि जुत्ता प्रहार गर्न पुगेको बताएका छन् ।‘प्रचण्डसँग मेरो कुनै दुश्मनी हैन । तर, आइतबारको त्यो कार्यक्रममा उनले गरेको भाषण सुन्दा एक्कासी आक्रोशित भएँ,’ तिरुवाको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले खबरहबसँग भन्यो, ‘वर्ग संघर्षका विषयमा उनले गरेको विश्लेषणले मलाई रिस उठ्यो । रिस उठेका बेला जुत्ता हान्न पुगेछु ।’

प्रहरीसँगको बयानका क्रममा तिरुवाले आफ्नो पूरै परिवार तत्कालीन माओवादी समर्थित भएको बताएका छन् । तर, आफू भने पछिल्लो समय कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको उनले बयानमा बताएका छन् । बयानका क्रममा उनले आफ्ना बुवा मून तिरुवा पनि तत्कालीन जनयुद्धको क्रममा माओवादी पार्टीमै लाग्दा राज्यपक्षबाट मारिएको बताएका छन् । आफू कम्युनिस्ट विचारधाराप्रति झुकाव राख्ने भए पनि कुनै पार्टीमा भने आवद्ध नभएको उनको भनाइ रहेको प्रहरी स्रोतले जानकारी दियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार