होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । नेकपा (एकीकृत समाजवादी)का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीका […]
जनकपुरधाम । प्रदेश २ मा स्थानीय तहको निर्वाचन भएको चार वर्ष बितिसकेको छ । २ असोज २०७४ मा भएको निर्वाचनमा जितेर आएका जनप्रतिनिधिको पद सकिन लागेको छ । जनप्रतिनिधीहरुले पाँच वर्षे कार्यकाल सकेर आगामी फागुन/चैतमा त नयाँ निर्वाचनको घोषणा नै हुनुपर्छ । यस्तो अवस्थामा एक वडाको भने पुनः मतगणना हुने भएको छ । उच्च अदालत […]
नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुराका ९ वटै स्थानीय तहमा पालिकाहरुको अधिवेशन गत शनिवार बाट सूर भएर आज मंगलबार सम्पन्न भएको छ । पालिका स्तरमा भएको अधिवेशनबाट बुढिनन्दामा डबल बहादुर खड्का, हिमालीमा अम्मलाल कार्की, जगन्नाथमा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर महेश कट्टेल, गौमुल राज बहादुर धामी, बुढीगंगा जयराज उपाध्याय खप्तड क्षेडेदहमा हर्क बहादुर […]
नागरिक रैबार/बाजुरा ११ असाेज। नेपाली कांग्रेस स्वामिकार्तिक गाउँपालिकाको सभापतिमा महेश कटेल चयन भएका छन् । स्वामिकार्तिक गाउँपालिकाको अधिवेशनले सभापति महेश कटेल लगाएत २४ सदस्य कार्यसमिति गठन गरेको हाे । त्यस्तै उप–सभापतिमा दिपक हमाल, देवराज गिरी, सचिवमा उत्तम शाही, दिर्जन विक, सह–सचिवमा धुर्व कैला, तपेन्द्र बहादुर शाही,कोषाध्यक्ष नरेन्द्र बहादुर महत्तरा लगाएत २४ जनाकाे कार्य समिति गठन भएकाे […]
काठमाडौँ — प्रमुख राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो लागेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी, नेकपा (एकीकृत समाजवादी) देखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्म अहिले महाधिवेशनको तयारी गरिरहेका छन् । आगामी फागुनबाट सुरु हुने तीनै तहको चुनावअघि नै प्रमुख राजनीतिक दलहरू पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेका हुन् । पाँच […]
नागरिक रैबार/बाजुरा ११ असोज । काँग्रेस बडीमालिकामा नगर सभापतिका लागि ५ जना उम्मेदवारहरुवीच सहमति नभएपछि नगर कार्यसमितिको नेतृत्व चयन अझै हुन सकेको छैन् । शनिबारबाट सूरु भएको काँग्रेस बडीमालिका दोस्रो अधिवेशन उद्धघाटन भएको ३ दिन वित्न लाग्दा समेत अहिले सम्म नेतृत्व चयन हुन नसकेको हो । जिल्ला भरका ९ वटा पालिका मध्ये ६ वटामा सर्वसम्मत […]
सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने […]
काठमाडौँ — एमालेमा दसबुँदे सहमतिका पक्षधर नेताहरूले विधान सम्मेलनमा उठ्ने मुद्दाहरूमा व्यक्तिगत असन्तुष्टि राख्ने रणनीति तय गरेका छन् । पार्टी विभाजनसँगै आफूहरूको शक्ति क्षयीकरण भएको निष्कर्षसहित उनीहरूले ‘औपचारिकता’ का लागि व्यक्तिगत रूपमा आफ्ना असन्तुष्टि राख्ने रणनीति लिएका हुन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले यसलाई मुद्दाका आधारमा नेता बन्ने परम्परा तोडिएको भनेर अर्थ्याएका छन् । एमाले उपाध्यक्ष भीम […]
नागरिक रैबार/बाजुरा ११ असोज । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको बैठक यही असोज १४ गते मार्तडीमा बस्ने भएको छ ।आज एक पत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको बैठक बस्ने बारे जानकारी गराएकाे हो । बैठकमा जिल्ला कमिटीका सदस्य, जनवग्रीय संगठनका केन्द्रिय सदस्यहरु, सुदूरपश्चिम प्रदेशका जनवग्रीय संगठनका सदस्यहरु, गाउँनगर कमिटिका अध्यक्ष, सचिव, कार्यालय सदस्यहरु, जनवग्रीय संगठनका […]
काठमाडौं, ११ असोज । नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीमबहादुर रावलबीच सवालजवाफ भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा रावलले यसअघि भएको दश बुँदे सहमति कार्यान्वयनको विषयमा सवालजवाफ भएको हो । बैठकको सुरुमै रावलले अध्यक्ष ओलीको नाम लिएर दश बुँदे सहमति कहिलेसम्म कार्यान्वयन गर्नुहुन्छ ? भन्दै […]
प्रतिनिधिसभाको आज बसेको बैठक ६ मिनेटमै सकिएको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित भएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ ध्यानाकर्षण गराए । उनले सभा सञ्चालनका लागि सहयोग गर्नु हामी सबैको समान दायित्व रहेको भन्दै […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेनको लागि सोमबारसम्म ७ पालिकाले नेतृत्व पाएको छ । शनिबारबाट सुरु भएको पालिका अधिवेशनमाबाट आइतबार ७ पालिकाले नेतृत्व चयन गरेको छ । सोमबार पुर्वी उत्तरी भेगको हिमाली गाँपालिकाको गाउँ कार्य सभापतिमा अम्मलाल कार्कीलाई सर्वसम्मत चयन गरिएको छ । कार्कीको नेतृत्वमा ४२ सदस्यीय पालिका कार्य समिति पदाधिकारीलाई […]
नागरिक रैबार/बाजुरा ११ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिमा सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगरेपछि निर्वाचन हुने भएको छ । नगर सभापतिका लागि धनलाल पाध्याय, गोपाल कार्की, जनक थापा, खडक बडुवाल र पदम बडुवाल आकांक्षी रहेका छन् । शनिवारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा सभापतिका आकांक्षीहरु विच सहमति नभएपछि निर्वाचन प्रक्रियामा गएको निर्वाचन अधिकृत […]
नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सभापतिमा सुरेन्द्र राज गिरी विजयी भएका छन् । नगर सभापतिका लागि पौडेल समूहबाट सुरेन्द्रराज गिरी र देउवा पक्षबाट गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियोे । कडा प्रतिष्पर्दाका बाबजुत पौडेल पक्षका गिरीले ८० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्दि बुढाले ६९ मत ल्याएर पराजित भएका […]
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा […]
दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् । जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय तहमा पौडेल पक्ष निर्वाचित भएको छ । १० पालिका […]
नागरिक रैबार/बाजुरा १० असोज । नेपाली काँग्रेसको १४ औँ केन्द्रिय महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनमा पुर्वसन्ध्यामा नेपाली काँग्रेस बाजुराको त्रिवेणी नगरपालिकामा नगरसभापती लगाएत अन्य पदाधिकारीहरुको सहमती नभए प्रश्चात केही बेर अगाडी मतदान भई अहिले मत गणना सूरु भएको छ । जिल्ला त्रिवेणी नगरपालिकामा दोस्रो नगर अधिवेशनमा दुई जना विच सहमती नभएपछी मतदान भएको थियो । […]
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।शनिबार र आज सम्पन्न भएका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर […]
नागरिक रैबार/बाजुरा १० असोज । बाजुराको त्रिबेणी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा स्थानीय सेवा ग्राहीहरुले आईतबार तालाबन्दी गरेका छन् । वडाका सबै कर्मचारीहरु नेपाली काँग्रेस त्रिवेणी नगरपालिकाको नगर अधिबेशनमा गएपछि वडाबाट हुने कामहरु प्रभाबित भएको भन्दै वडा कार्यालय तालावन्दी गर्न बाध्य भएको स्थानीय कृष्ण साउँदले बताएका छन् । आइतबार बिहान १० बजे वडामा […]
नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो । यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक […]