होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस पालिका अधिवेशन : दाङमा देउवा र पौडेल बराबरी
समाचार

काँग्रेस पालिका अधिवेशन : दाङमा देउवा र पौडेल बराबरी

  • नागरिक रैबार
काँग्रेस पालिका अधिवेशन : दाङमा  देउवा र पौडेल बराबरी

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय तहमा पौडेल पक्ष निर्वाचित भएको छ ।

१० पालिका मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका सभापति सर्वसम्मत चयन गरिएको थियो । बाँकी ८ पालिकामा अधिवेशन भएको थियो । जसमा घोराही उपमहानगरपालिकाको सभापतिमा देउवा समूहका तिलक रावतले विजयी भएका छन्।

विज्ञापन

उनी जिल्लामा राजु खनाल र दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी निकट मानिन्छन् । त्यस्तै लमही नगरपालिकाका सभापति सन्तोष बुढाथोकी देउवा निकट हुन् । उनले ७९ वर्षीय शिवु चौधरीलाई पराजित गर्न सफल भएका थिए ।

त्यस्तै राजपुरका सभापति नरेन्द्र राज भण्डारी, गढवाका किरण पौडे र बंगलाचुली गाउँपालिकाका जागेश्वर अधिकारी देउवा पक्षका हुन् ।

बंगलाचुलीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा केन्द्रीय सदस्य दीपक गिरी निकट सुरेश हमालले विजयी भएका छन् ।

त्यस्तै दीपककै नातेदार रहेका शम्भु गिरीले दंगीशरण गाउँपालिकाको सभापतिमा विजयी हाँसिल गरे । त्यस्तै बबई गाउँपालिका सभापति प्रकाश बस्नेत र शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी दिपक गिरी निकट हुन् ।

ती चार स्थानीय तहहरु दाङ क्षेत्र नं. ३ मा पर्छन् । काँग्रेस महामन्त्री शशांक कोइरालासँग नजिक रहेका गिरी पौडेल पक्षीय नेता हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार