होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीकी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन् । लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट राजनीति गर्ने भएकी हुन् ।नेकपा एसले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ । लीमा […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए । काँग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि […]
नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् । एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’ नेकपा एमालेले तपाईको राजीनामा अस्वीकृत गरेछ, निर्वाचन आयोगमा पनि नाम पठाएछ नि भन्ने प्रश्नमा नेता गौतमले राजीनामा अस्वीकृत […]
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक र तस्वीर सहितको समाचार विभिन्न मिडियामा प्रकाशन भएपछि अन्तरपार्टी महिला संजाल बाजुराले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । शुक्रबार अन्तरपार्टी महिला संजाल बाजुराले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा […]
नागरिक रैबार/बाजुरा ८ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले बुढीगंगा नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा कमिटी गठन गरेको हो । एकिकृत समाजवादी पार्टी बुढीगंगा ९ मा गरिएको अगुवा कार्यकर्ता भेलाले […]
नागरिक रैबार/बाजुरा ८ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले बुढीगंगा नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो । एकिकृत समाजवादी पार्टी बाजुराका जिल्ला कमिटी सदस्य तथा […]
नागरिक रैबार/बाजुरा ८ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् । वडापछि नगरको अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि काँग्रेसका युवा नेता गोपाल कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेसले जिल्लाका […]
काठमाडौं ८ असोज। नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक […]
एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् । विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको एमाले […]
नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो। बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै […]
काठमाडौं । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक शनिबार […]
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए । गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्र सरसल्लाह होला भन्ने आसमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष त्यतिबेला झस्कियो, जतिबेला देउवाले गठबन्धन दलसँग गरेको छलफलका आधारमा बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई मन्त्री नियुक्त गरे । हालसम्म नियुक्त चारै मन्त्री सभापति देउवानिकट हुन् । […]
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन्। उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे। उनले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टी संज्ञा […]
काठमाडौं । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्न केही नेताका नाममा सहमति जुटाएको छ । बिहीबार बिहान बसेको स्थायी समिति बैठकले जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो । एक नेताका अनुसार एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश […]
नागरिक रैबार/बाजुरा ७ असाेज। नेपाली काँग्रेसका युवा नेता सुरेन्द्रराज गिरिले नेपाली त्रिवेणीकाे नगर सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । हिजाे वडा नम्बर ८ को वडा अधिबेशनमा नेता गिरीले शुभकामना मन्तव्यमा दिदै आफू अवकाे त्रिवेणी नगर कार्यसमितिकाे सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् । उनले त्रिवेणीमा काँग्रेसकाे नेतृत्व लिन योग्य र सक्षम रहेकोले सबैलाई […]
७ असोज, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।अनलाइन […]
माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो । ‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य तथा बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल क्षेत्रीय प्रतिनिधिमा वडाबाट निर्विरोध छनोट भएका छन् । हिजोबाट सूरु भएको नेपाली काँग्रेस बडीमालिका ८ नम्बर वडा कार्य समितिको दोस्रो अधिवेशनबाट युवा नेता समेत रहेका रावल नेपाली काँग्रेसको वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित […]