होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउतले मंसिरको २२ गते बिहे गरे । ३ दिन लगाएर स्वेता र विजयेन्द्रले काठमाण्डौको गोकर्ण रिसोर्टमा बिहे गरेका थिए । उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीको उपस्थिती खासै थिएन । उनै, स्वेताले चलचित्रकर्मीका लागि बिहिबार काठमाण्डौमा पार्टीको आयोजना गरिन् । बिहे भोजमा नायिका खड्का र उनका श्रीमान् विजयेन्द्रले केक काटे […]
चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने भएको छ । नयाँ बर्षको छेको पारेर निर्माणपक्षले चलचित्र रिलिज गर्न लागेको हो । चलचित्रको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन […]
नागरिक रैबार/बाजुरा १ माघ। चर्चित एरेन्जर विनोद बाजुराली र रेखा जोशीको स्वरमा ‘नबाड्याकी ठ्याउकी’ बोलको ठट्याउली गीत सार्वजनिक भएको छ । गीतका गायक समेत रहेका बाजुरालीकै लय, शव्द, स्वर र एरेन्जमा तयार भहेको उक्त गीत विहिबार शुभारम्भ डिजिटल म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । आफ्नो जन्म दिनको अवसर पारेर उक्त गीत आज […]
कोरोना भाइरसका कारण गत फागुणको तेश्रो सातादेखि नयाँ नेपाली चलचित्र रिलिज हुन सकेको थिएन । गत बर्षको फागुण १६ गते चलचित्र ‘धुलो’ रिलिज भएको थियो । फागुण ३० गते ‘म यस्तो गीत गाउँछु २’ र चैत्र ७ गते ‘निरफूल’ नामक चलचित्र रिलिज गर्ने भनिएतापनि कोरोनाका कारण चलचित्र रिलिज हुन सकेका छैनन् । १० महिनापछि नेपालका […]
गायक प्रमोद खरेल र विन्धवासिनी म्यूजिक प्रा.लिको गीतसंगीतको विवाद अब अदालतसम्म पुगेको छ । गायक खरेलले दिएको प्रतिलिपी अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले कम्पनीकी संचालिका लिना शर्मा रेग्मीलाई सोमबार पक्राउ गरेको छ । विगत केही महिनादेखि प्रमोद र विन्धवासिनी म्यूजिकको विवाद सामाजिक संजाल र मिडियामा देखिएको थियो । गायक प्रमोद खरेलले […]
नायक भूवन केसीले निर्माता माधव वाग्लेसँग सहमतीमै चलचित्र ‘पारस’को स्वामित्व आफूले लिएको बताएका छन् । भूवनले अनलाइनखबरसँग भने–‘माधवजी र मविच कुराकानी हुदै जाँदा हामीले सहमतीमै अलग हुने निर्णय गरेका हौं । अब, यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्नेछ ।’ भूवनले चलचित्रको छायांकन फागुणबाट सुरु हुने बताए । चलचित्र बजारमा यो चलचित्रका कलाकारको बिषयमा […]
‘केजीएफ’ चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार गर्यो । अब, यसको मेकर्सले यसको सिक्वेल दर्शकमाझ ल्याउने तयारी गरेको छ । विभिन्न ४ भाषामा रिलिज हुने चलचित्रको टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य नायक यशको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ । […]
चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ । चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र […]
नायक शिव श्रेष्ठले आफू निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ कमजोर भएकाले रिलिज गर्न नलागेको बताएका छन् । उनले भने–‘कतिपयलाई चलचित्र कमजोर भएकाले रिलिज गर्न लागिएको हो कि भन्ने लागेको हुनसक्छ । तर, यसमा सत्यता छैन । चलचित्र पूर्ण रुपमा मनोरञ्जनले भरिएको छ । कतिले त चलचित्र नै बन्दैन पनि भनेका थिए । तर, दर्शकको […]
काठमाडौं । हाँस्यकलाकार हरिबंश आचार्य रिक्सा चलाउन बनेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि रिक्सा चलाएका हुन् । बुधबार सार्वजनिक गीत ‘एउटा कुरा छ’को भिडियोमा उनी रिक्सा चालकको रुपमा देखिएका हुन् । भिडियोमा उनले रिक्सा चलाएर सामान ओसार प्रसार गरेको समेत देख्न सकिन्छ । शब्द र संगीत समेत हरिवंशकै रहेको छ । […]
नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । यो चलचित्रको निर्माण घोषणा भएको केही बर्ष भएको थियो । तर, अब भने यसको निर्माणपक्षले चलचित्र रिलिजको तयारी गरेको छ । दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको यो चलचित्रलाई दिपेश सापकोटाले […]
काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘तिम्रो याद भुलाउन’ गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा नरेश भट्टराई र साक्षीको अभिनय देख्न सकिन्छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको थिम बनाइएको छ […]
काठमाडौँ– अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् ।राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ । उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, रमेश खरेल तथा भरत […]
काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यस वर्ष गरिने भएको छ ।आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने जानकारी दिएको हो । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक […]
काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीको सुन्दरताको धेरैले तारिफ गर्छन् । योग गुरुका रूपमा प्रसिद्ध कमाएकी शेट्टी फिट रहन्छिन् कसरी ? आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी उनको सीडी हेरेर पनि योग सिक्ने जमात निकै ठूलो छ । केहिले यूट्युबबाट समेत उनलाई हेरेर सिकिरहेका छन् । शिल्पा शेट्टी […]
चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् । निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा […]
नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ यो बर्षको इदमा रिलिज हुन सकेन । कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि चलचित्र रिलिज हुन नसकेको हो । यो चलचित्रमा प्रभुदेवाको निर्देशन छ । चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा पनि यो चलचित्रलाई जी स्टूडियोले महंगो रकममा खरिद गरेको […]
गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् । कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा करन चौसिरको छायांकन छ । मनोज कार्कीले यो भिडियोमो सम्पादन गरेका […]
सार्वजनिक भएको १८ दिनमा संगीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको गीतले १ करोड भ्यूज पार गर्यो । यसअघि यति छोटो समयमै १ करोड भ्यूज गायक प्रकाश सपुतको ‘गलबन्दी’ले पाएको थियो । यसको अर्थ, राजनराज र प्रकाशको गीतले एउटै गतीमा करोड भ्यूज पाउन सफल भए । नेपाली गीत–संगीत पछिल्लो केही बर्षयता युट्युबको भ्यूज ट्रेन्डिङको […]
नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांक सकेर घरमै आराम गरिरहेका छन् । दशै अगाडिबाट सुरु भएको चलचित्रको दौडधुपले अनमोलले आफूलाई पर्याप्त समय दिन पाएका थिएनन् । उनै, अनमोल अहिले भने नेपालका विभिन्न रमणीय स्थानमा घुमिरहेका छन् । अनमोल भन्छन्–‘मलाई नेपालका सबै सडकमा पुग्न मन लागेको छ । नेपाल प्राकृतिक रुपमा […]