बिहिबार, फाल्गुन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बडीगार्डसँग पामेलाको पाँचौं विवाह
अन्तर्राष्ट्रिय

बडीगार्डसँग पामेलाको पाँचौं विवाह

  • नागरिक रैबार
बडीगार्डसँग पामेलाको पाँचौं विवाह

लसएन्जल्स – हलिउडकी प्रख्यात अभिनेत्री र मोडल पामेला एन्डरसन पुनः एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले पाँचौं पटक विवाह गरेपछि चर्चा चुलिएको हो । पामेलाले आफ्ना बडीगार्ड डेन हेहसर्टसँग विवाह गरेकी हुन् ।

पामेलाले हालैमात्र डेली मेललाई अन्तरवार्ता दिएकी थिइन् । जुन अन्तरवार्तामा उनले आफ्नो जीवनसँग जोडिएका अनेक कुरा खुलाएकी थिइन् ।उनले अन्तरवार्तामा पाँचौं पति डेनसँग लकडाउनको समयमा प्रेम गरेको र त्यसपछि विवाह गर्ने निर्णय लिएको खुलाएकी छन् ।

‘म प्रेममा थिएँ र हामीले क्रिसमसको बेलुका विवाह गर्‍यौं । हामीलाई दुवै परिवारको आशिवार्द पनि मिलेको छ । सबैजना हाम्रो विवाहलाई लिएर खुशी छन् । मेरो २५ वर्ष अघि किनेको वृद्ध पुस्ताको सम्पत्तिमा विवाह भएको हो । यो त्यही स्थान हो, जहाँ मेरा आमाबाबुले विवाह गरेका थिए ।’ उनले भनेकी छन् ।

विज्ञापन

कोरोना महामारीको कारण जनाउदै उनले आफ्नो विवाहमा कोही पनि पाहुनालाई बोलाइनन् । यसअघि उनले हेयरड्रेसर जोन पीटर्ससँग विवाह गरेकी थिइन् । उनको यो विवाह १२ दिन पछि तोडिएको थियो ।एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार