होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘आत्मकथा’ लेख्दै करिश्मा मानन्धर
मनोरञ्जन

‘आत्मकथा’ लेख्दै करिश्मा मानन्धर

  • नागरिक रैबार
‘आत्मकथा’ लेख्दै करिश्मा मानन्धर

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले ‘आत्मकथा’ ल्याउने भएकी छन् । उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी हुन् । आउँदो नयाँ वर्षभित्र आफुले आत्मकथा ल्याउने अभिनेत्री मानन्धरले बताइन् ।

‘आत्मकथा ल्याउछु भनेको धेरै भयो । केही काम भएका छन्’ अभिनेत्री मानन्धरले भनिन्, ‘यो फागुन महिना पुरै म त्यसको लेखनमा लागि पर्नेछु ।’ फागुनमा लेखेर सकिए चैत्रमा डिजाइन, प्रिन्टिङ गरेर वैशाख १ गते पुस्तक बजारमा ल्याउने आफ्नो योजना रहेको करिस्माले सुनाइन् ।

विगत ४ बर्षदेखि ‘आत्मकथा’का लागि तयारी गर्दै आएकी करिश्माले पुस्तकमा आफुले अभिनयमा बिताएका, अभिनय क्रममा महसुस गरेका र सोचेका बिभिन्न विषयवस्तुहरु समेट्न लागेकी छन् । आफ्नो जीवनका उतारचढाव समेत कितावमा समेटिने उनले बताइन् ।

विज्ञापन

१४ वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट अभिनय करिअर सुरु गरेकी मानन्धरले तीन दशक बढी समय नेपाली कलाक्षेत्रमा बिताइसकेकी छन् । केही भारतीय फिल्ममा समेत काम गर्न सफल उनी एक समयकी सफल अभिनेत्री हुन् ।
नेपाली फिल्म क्षेत्रमा सदवहार अभिनेत्रीको रुपमा परिचित उनी अहिले पनि अभिनयमा क्रियाशील छिन् । अभिनय मार्फत हरेक नेपालीको ढुकढुकी बन्न सफल उनका कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म छन् ।

करिव एक दशक अमेरिकामा समेत बिताएकी मानन्धरको पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा निर्माता र अभिनेत्रीको परिचय बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार