होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • राम्रो गीतले सधै न्याय पाउनुपर्छ भन्ने लाग्छः अस्मिता अधिकारी
मनोरञ्जन

राम्रो गीतले सधै न्याय पाउनुपर्छ भन्ने लाग्छः अस्मिता अधिकारी

  • नागरिक रैबार
राम्रो गीतले सधै न्याय पाउनुपर्छ भन्ने लाग्छः अस्मिता अधिकारी

गायिका अस्मिता अधिकारी पछिल्लो समय चर्चामा छिन् । उनको स्वरमा समावेश गीतहरुले बजारमा राम्रो चर्चा पाइरहेका छन् । उनको स्वरमा रिलिज भएको ‘टाढा भएपनि’ बोलको गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ । अस्मिता गीतले दर्शकको मन जितेकोमा फुरुङ्ग छिन् ।

एउटा गायिकालाई राम्रो गीत गाउने लोभ कत्तीको हुन्छ, अस्मिता भन्छिन्–‘लोभ नै भन्ने त हुँदैन । उसले गायो मैले गाउन किन पाइनँ भन्ने मलाई लाग्दैन । तर, एउटा राम्रो गीत बजारमा आउँदा आफ्नो स्वरमा कस्तो सुनिएला भन्ने चै हुन्छ ।’

 

विज्ञापन

अस्मिताले अन्य गायिकाहरुको गीतले बजारमा चर्चा पाउँदा आफूले केही पनि नसोच्ने बताइन् । भनिन्–‘मलाई त्यस्तो कुरामा खासै वास्ता नै लाग्दैन । म सधै नै अब आफूले अझै कसरी राम्रो गर्ने भन्ने सोचमा हुन्छु । आउने चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने बारेमा म सधै नै सोचिरहेको हुन्छु ।’

अस्मिताले आफूलाई भाइरल हुनुपर्छ भन्ने नलागेको बताइन् । भनिन्–‘मलाई भाइरल हुनैपर्छ, ट्रेन्डिङमै आउनुपर्छ भन्ने लाग्दैन । तर, राम्रो गीतले न्याय पाउनुपर्छ भन्ने लाग्छ । बरु, मैले अझै के गर्न सक्छु र आफूलाई कसरी सुधार गर्नसक्छु भन्ने सधै लाग्छ ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार