होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नायिका स्वस्तिमा खड्का बाजुराकी चेली भएर अभिनय गर्दै
Breaking News

नायिका स्वस्तिमा खड्का बाजुराकी चेली भएर अभिनय गर्दै

  • नागरिक रैबार
नायिका स्वस्तिमा खड्का बाजुराकी चेली भएर अभिनय गर्दै

नागरिक रैबार/बाजुरा २६ माघ। नेपालकी चर्चित नायिका स्वस्तिमा खड्का बाजुराको भाषा सिक्न यतिबेला बाजुराको सदरमुकाम मार्तडीमा आएकि छिन् । ‘चिसो मान्छे’ नामक चलचित्रमा बाजुराकी चेलीको मुख्य भुमिकामा अभिनय गर्नुपर्ने भएपछि यहाँको भाषा र परिवेश बारे जानकारी लिन बाजुरा आएकि हुन् ।

बाजुराको भाषा, कला र संस्कृति समेटिने गरी पहिलोपटक निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ मा नायिका खड्काले बाजुराकी चेलि भएर अभिनय गर्नुपर्ने भएकोले नायिका खड्का, चलचित्रका लेखक तथा निर्देशक दिपेन्द्र के खनाल लगायतको टिम बाजुरामा आएको पत्रकार डिवि खड्काले बताएका छन् ।

नायिका खड्का र निर्देशक खनाल लगायतको चलचित्र निर्माण टिमले यस अघि काठमाण्डौंमा पत्रकार डिवि खड्का र गायिका शोभा थापासंग बाजुराको भाषा र यहाँको समग्र परिवेश बारे सामान्य जानकारी लिएका थिए ।

विज्ञापन

बाजुराकै भाषामा पहिलोपटक तयार हुन लागेको उक्त चलचित्रको लागि यहाँको सुटिङ्ग स्थल, भाषा, कला र संस्कृति बारे प्रत्यक्ष जानकारी लिन नायिका स्वस्तिमा खड्का लगायतको टिम नै बाजुरा पुगेको चलचित्रका निर्देशक दिपेन्द्र के खनालले बताएका छन् ।

बाजुराको भाषा सिक्न र बाजुराको परिवेशलाई प्रत्येक्ष नियाल्न पहिलो पटक बाजुरा पुगेकी नायिका खड्काले भनिन् बाजुरा पुगिसकेपछि आफुलाई यस चलचित्रमा बाजुराकी चेली भएर अभिनय गर्न सजिलो हुनेछ ।

बाजुराली भाषामा निर्माण हुन लागेको यो चलचित्रमा स्वस्तिमा खड्का र देशभक्त खनालको मुख्य भूमिका रहनेछ भने चलचित्रमा बाजुराका मोडेल राजेश पायल लगायत बढीजसो स्थानीयहरुलाई चलचित्रमा अभिनय गराउने चलचित्रका निर्देशक खनालले बताएका छन् ।

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रले बैदेशिक रोजगारमा पुगेर ज्यान गुमाउने नेपालीको कथा समेट्ने छ । यो चलचित्रको हाल धमाधम वर्कशप चलिरहेको छ । नायिका स्वस्तिमा खड्काले यो चलचित्रका लागि बाजुराको भाषा सिकिरहेकी छिन् । निर्देशक खनालले भने- सुदूरपश्चिमको भाषा संस्कृतिको ‘चलचित्रमा स्वस्तिमा बाजुराको महिलाको भूमिकामा देखिदैछिन् । यसैले, यतिबेला हामीले भाषाको वर्कशप गरिरहेका छौ ।’

निर्देशक खनाल चलचित्रको कथा र भाषा अनुसार कलाकारलाई प्रस्तुत गर्न सिपालु मानिन्छन् । शर्मिला पाण्डेको निर्माणमा तयार हुने चलचित्रको छायांकन चैत्र महिनाको पहिलो साताबाट सुरु हुनेछ । निर्देशक खनालका अनुसार यहाँको भाषाको वर्कशप सकिएपछि चलचित्रका लागि अभिनयको वर्कशप सुरु हुनेछ । यसका लागि भने लोकेशनमै गएर वर्कशप गर्ने तयारी उनको छ । चलचित्रलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने तयारी निर्माताको रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार