होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • लोकगायक मिलन लामाले दिए विपन्नलाई घर
सेलिब्रेटी

लोकगायक मिलन लामाले दिए विपन्नलाई घर

  • नागरिक रैबार
लोकगायक मिलन लामाले दिए विपन्नलाई घर

चितवन – लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेकी हुन् । घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमानको मृत्यु भएपछि मधु र उहाँका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आएकी थिइन् ।

दयनीय अवस्था देखेपछि गायक लामाले रु छ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिएका हुन् । उनले सो घर सो कुमाल परिवारलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।

विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताए । घरसँगै धारासमेत बनाइएको छ । स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान शुरु गरेका थिए ।

विज्ञापन

‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण शुरु गरेका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको सापकोटाले जानकारी दिए । लामा रत्ननगरका स्थायी बासिन्दा हुन् । विपन्नका लागि आर्थिक जोहो गर्न लामा स्वदेशसँगै विदेशमा समेत गीत गाउन जाने गर्छन् । खबरहबबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार