होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • फागुन २१ बाट दर्शकमाझ ‘गोर्खे’
मनोरञ्जन

फागुन २१ बाट दर्शकमाझ ‘गोर्खे’

  • नागरिक रैबार
फागुन २१ बाट दर्शकमाझ ‘गोर्खे’

काठमाडौँ– गोर्खे बन्ने सपना बुनेका पाँच युवाको कथा समेटिएको फिल्म ‘गोर्खे’ आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

कोजु इन्टरटेनमेन्टको ब्यानरमा हरि लामा प्रस्तुतकर्ता र तिर्थराम कोजु तथा हरि थापा निर्माता रहेको फिल्मलाई करण श्रेष्ठ ‘क्रेजी’ले वितरण गर्दैछन् । रिलिज मितिसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिचर गरिएको छ । नेपालको पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौलगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको फिल्ममा किस्मत गौतमको निर्देशन छ ।

विज्ञापन

फिल्ममा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतको अभिनय छ । फिल्ममा सौरभ लामा र निरज कँडेलको छायांकन, काजी लिम्बुको कथा, पटकथा, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत र मित्र डी गुरुङको सम्पादन छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै