होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ बैशाख।नयाँ वर्ष २०८० को अवसरपारी यही बैशाख १५ गतेबाट बुढीगंगा नगरपालिकाको फालासेनमा हुने प्रथम बार्जु महोत्सवलाई भव्य रुपमा सफल पार्न जिल्लास्थित सरोकारवाला निकायसंग छलफल गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासमा टेवा पुर्याउने र कला सँस्कृतिक साहित्यको संरक्षण गर्ने उदेश्य सहीत बैशाख १५ देखि […]
बाजुरा — कर्णाली तिरमा आयोजना हुने माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । दुईवटा गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकाय बीचको सहकार्यमा महोत्सव हुन लागेको हाे ।आजबाट हिमाली गाउँपालिको केन्द्र धुलाचौर र स्वामिकात्र्तिक खापर गाउँपालिकाको तिर कर्णालीको बगरमा हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएकाे छ । कर्णाली, […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। नयाँ वर्ष २०८० सालको अवसरमा बाजुराको तल्लो क्षेत्रमा प्रथम बार्जु महोत्सव २०८० को आयोजना हुने भएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ वर्ष नयाँ उत्सव, प्रथम बार्जु महोत्सव २०८० को आयोजना हुने भएको हो ।बाजुराको पर्यटन पवद्र्धन र समग्र जिल्लाको विकासका लागि धार्मीक तथा पर्यटकीय संभावना बोकेका गन्तव्य र […]
काठमाडौं । रेखा थापाको अनटाइटल्ड प्रोजेक्टबाट नायिका आँचल शर्मा (दवाडी) अलग भएकी छन् । रेखाले चलचित्रको स्क्रिप्ट पढ्न नदिएपछि उनले सो चलचित्रमा काम नगर्ने निधो गरेकी हुन् । ‘नायक विहीन’ नारीप्रधान चलचित्रमा रेखासहित पूजा शर्मा र आँचलले प्रमूख भूमिकामा अभिनय गर्ने भनिएको थियो । पूजाले सामाजिक सञ्जालमा नै रेखासँग सहकार्य पाएकोमा उत्साहित स्टाटस लेखेकी थिइन् […]
काठमाडौं । बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ । ‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा आउन थालेको छ […]
काठमाडौँ – सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन्। पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापर्नुभएका उनी झण्डै १० वर्षपश्चात अभिनय गर्दै छन्। “आफू सुहाउँदो भूमिका पाएँ। र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेता कोइरालाले भने, “मेरो छायाँङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ।” अमेरिकाको […]
काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा […]
काठमाडौँ । नेपालको सबैभन्दा लामो समय प्रसारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् । मंगलबार प्रसारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुनेछन् ।मिडिया हबको अफिसियल सामाजिक सञ्जालहरूमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरिएको छ । छक्का पञ्जाको प्रदर्शनको छेको […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा यहि फागुन १९-२७ गते सम्म गर्ने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, संस्कृति तथा व्यापार महोत्सवको मिति सारिएको छ । खप्तड मालिका युवा संजाल बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गरेर १९ गतेबाट सूरु गर्ने भनिएको महोत्सव प्राविधिक समस्या र अन्य व्यवस्थापनका लागि समय नपुगेका कारण महोत्सवको मिति सारिएको जानकारी […]
काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया […]
काठमाडौँ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएको हो। नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए । नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च […]
काठमाडौं, १० फागुन । लोक दोहोरी गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । प्रतिष्ठानमा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेको गायक खत्रीले संस्थाका पदाधिकारीहरुको कामप्रति असन्तुष्टि जनाउँदै यात्रामा पूर्णविराम लागेको घोषणा गरेका हुन् । प्रतिष्ठानको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ […]
काठमाडौँ – हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिए । यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट […]
काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई थाहा छैन । प्रत्येक तीजमा उनको खोजी हुन्छ र एउटा गीत पनि […]
काठमाडौं । गायिका समिक्षा अधिकारीले सानो उमेरमा छोरी मान्छे राम्रो नराम्रो छुट्याउन नजान्ने भन्दै मान्छेका जालझेल बुझ्न गाह्रो हुने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् । समिक्षाले आफुलाई कसैले अवसर नदिएपनि स्वरले साथ दिँदासम्म गीत गाउन नछाड्ने बताएकी छन् । समिक्षाले आफुलाई माया गर्ने मान्छे समेत रहेको […]
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले अनलाइनखबरलाई जानकारी दिइन् ।
काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।इन्द्रेणी कार्यक्रमको टोली […]
नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नु […]
काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा […]
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो । फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड […]