होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मेरी बास्सैमा देखिँदै माग्ने बुढा
मनोरञ्जन

मेरी बास्सैमा देखिँदै माग्ने बुढा

  • नागरिक रैबार
मेरी बास्सैमा देखिँदै माग्ने बुढा

काठमाडौँ । नेपालको सबैभन्दा लामो समय प्रसारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् । मंगलबार प्रसारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुनेछन् ।मिडिया हबको अफिसियल सामाजिक सञ्जालहरूमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरिएको छ ।

छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्रचारका लागि मेरी बास्सै पुगेका हुन् । मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगै बेनिशा हमाल पनि देखिनेछिन् भने अरु कलाकारहरू छन् वा छैनन् त्यो स्पष्ट छैन ।

मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो । उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो । मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार