होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्क्रिप्ट नै पढ्न नदिएपछि रेखाको फिल्मबाट आँचलले हात झिकिन्
समाचार

स्क्रिप्ट नै पढ्न नदिएपछि रेखाको फिल्मबाट आँचलले हात झिकिन्

  • नागरिक रैबार
स्क्रिप्ट नै पढ्न नदिएपछि रेखाको फिल्मबाट आँचलले हात झिकिन्

काठमाडौं । रेखा थापाको अनटाइटल्ड प्रोजेक्टबाट नायिका आँचल शर्मा (दवाडी) अलग भएकी छन् । रेखाले चलचित्रको स्क्रिप्ट पढ्न नदिएपछि उनले सो चलचित्रमा काम नगर्ने निधो गरेकी हुन् ।

‘नायक विहीन’ नारीप्रधान चलचित्रमा रेखासहित पूजा शर्मा र आँचलले प्रमूख भूमिकामा अभिनय गर्ने भनिएको थियो । पूजाले सामाजिक सञ्जालमा नै रेखासँग सहकार्य पाएकोमा उत्साहित स्टाटस लेखेकी थिइन् । आँचलले भने अहिलेसम्म यो फिल्मका विषयमा केही पनि बताएकी छैनन् ।

स्रोतका अनुसार रेखाले प्रस्ताव गरेपछि आँचलले सुरुमा सकारात्मक रेस्पोन्स गरेकी थिइन् । पछि उनले फिल्मको स्क्रिप्ट पढ्न मागिन् । तर, रेखाले ‘तिमीले अहिलेसम्म कतिवटा फिल्मको स्क्रिप्ट पढेर साइन गरेकी छौ ?’ भन्दै होच्याउन खोजेपछि आँचल भड्किएकी हुन् । उनले रेखालाई फिल्म नगर्ने बताइसकेको बुझिएको छ । आँचलले नखेल्ने भएपछि रेखा अर्की हिरोइनको खोजीमा जुटेकी छन् ।

विज्ञापन

रेखा फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गर्दैछन् । चलचित्रको प्रोड्युसर भनेर रेखाका पूर्वपति छवि ओझाको नाम आएको भएपनि त्यो सत्य नभएकोसमेत खुलेको छ । छविको कम्पनीले चलचित्रको डिस्ट्रिब्यूसन मात्र लिएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार