होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नायिका सुहाना थापाले नायक अनमोल केसीसँग दुईवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । अनमोलसँग उनले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ३’ ‘ब्लकबस्टर’ भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’ भने रिलिज हुन बाँकी छ । यो चलचित्रको बाँकी कामका लागि सुहाना केही दिनअघि मात्र अमेरिकाबाट नेपाल आएकी छन् । अनमोलसँग दुईवटा चलचित्रमा […]
चर्चित रियालिटी सो नेपाल आइडलको चौंथो सिजन २३ मंसिरबाट प्रसारणमा आउँने भएको छ । शोका होस्ट आसिफ शाहले सामाजिक सञ्जालमार्फत शो प्रसारण मिति सार्वजनिक गरेका हुन् । राती ८ः ३० बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेल हुन् । करिब ४ महिना चल्ने आइडलको चौंथो सिजनका लागि सय प्रतिस्पर्धी छानिएका थिए भने गाला […]
काठमाडौंः पछिल्लो समयकी हिट गायिका रचना रिमालको जीवनमा शुक्रबार नयाँ खुशि आएको छ। उनले झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ पास गरेकी छिन्। निकै खुशि छु, अब संगीत विषय लिएर ब्याचलर पढ्छु’ रचनाले भनिन्। रचनाले शुक्रबार सार्वजनिक भएको नतिजामा जीपीए ३ ४४ ल्याएकी छिन्। अबदेखि काठमाडौंमा रहेर गीत गाउने र स्नातक पढ्ने आफ्नो योजना रहेको […]
नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको नतिजाअनुसार उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो । नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । कक्षा […]
काठमाडौं । शुक्रबारबाट नेपाली चलचित्र ‘ओभरडोज’सहित एक हिन्दी र एक अंग्रेजी चलचित्र रिलिज भएका छन् । हिन्दी चलचित्र ‘तडप’लाई उच्च शो दिँदा ओभरडोजले पनि अधिकांश मल्टिप्लेक्समा शो नै पाएको छैन । चलचित्रको पोष्टर शहरका भित्तामा निक्कै टाँसिएको भएपनि हलमा भने धेरै शो पाएको छैन । क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले यो चलचित्रलाई शो नै […]
काठमाडौं । छविराज ओझालाई नेपाली चलचित्रको ‘बाघ’ निर्माता भनिन्छ । नेपाली चलचित्रमा हिट कलाकार जन्माउने मात्र होइन, हिट चलचित्र दिने कुरामा पनि उनी अगाडि छन् । विगत केही वर्षदेखि पारिवारिक समस्यामा अल्झिएका कारण उनी चलचित्र निर्माणबाट टाढा रहे । तर चार वर्षपछि भने छवि नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । यो चलचित्रको प्रि–प्रोडक्सनको काम […]
काठमाडौं, १६ मंसिर । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ईश्वर कार्कीलाई जानकारी दिईन् । हिजो (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेद्धवारी दिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर ४ […]
काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक लाग्ने बताएकी छन् । ‘तडप’का विषयमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा ताराले दीपिकाको पहिरनमा छापा मार्न चाहेको बताइन् । तपाईं कुन नायिकाको पहिरन राख्ने ठाउँमा छापा मार्न चाहुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म दीपिका पादुकोणको दराजमा […]
काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १४ औैं विवाह वर्षगाँठको अवसर पारेर ‘मायाले जीवन सजाऊ’ गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा धुर्मुस र सुन्तली रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरुले जीवनमा भोगेका आरोह–अवरोहका साथै एक अर्कामाथिको विश्वासको कथा भनिएको छ । गीतमा कुमार कट्टेल र अस्मिता अधिकारीको […]
काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु चलचित्र ‘तडप’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र साउथको सुपरहिट चलचित्र ‘आरएक्स १००’को रिमेक हो । चलचित्रमा अहानका साथमा तारा सुतारियाको मुख्य भूमिका रहेको छ । यसअघि नै ‘तडप’का चार गीत भने रिलिज भइसकेका छन् । ट्रेलरमा अहान एक्सन अवतारमा देखिएका छन् । […]
काठमाडौं । बलिउड अभिनेता सलमान खान र आयुष शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘अन्तिम’ शुक्रबार रिलिज भएको छ । यो चलचित्रलाई नेपालमा पनि हलहरुले राम्रो शो उपलब्ध गराएका छन् । सलमान खानको स्टारडम, ट्रेलरलाई सुखद प्रतिक्रिया लगायतका कारणले पनि यो चलचित्रले राम्रो कमाइ गर्ने अपेक्षा वितरकको छ । यो चलचित्रलाई भारतका समीक्षकहरुले पनि उत्कृष्ट प्रतिक्रिया […]
काठमाडौं । कोरोनाको कहर विस्तारै कमजोर हुँदै गएपछि नेपाली चलचित्रका मेकरहरु प्रदर्शन मिति तय गर्न उत्साहित देखिएका छन् । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर रिलिज हुन नपाएको चलचित्र ‘प्रेमगीत ३’ले पनि नयाँ प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र फागुन १३ गतेबाट देशभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिएका […]
काठमाडौं । चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई सक्रिय रुपमा राजनीतिमा लाग्ने तयारीमा छन् । केही दिनदेखि इलाममा दौडधूप गरिरहेकी रेनशाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन् । रेनशाले सामाजिक सेवाका लागि आफू राजनीतिमा आउन लागेको बताइन् । ‘म समाजसेवाका लागि राजनीति गर्न चाहन्छु । फेरि, […]
काठमाडौं । नेपालमा साउथका स्टारहरुको क्रेज बढ्दै गएपछि चलचित्र रिलिजलाई वितरकहरुले पनि महत्वपूर्ण रुपमा लिन थालेका छन् । कुनै समय साउथका स्टार रजनीकान्तको चलचित्र मात्र नेपाल भित्रिन्थ्यो । तर, अहिले साउथका अधिकांश स्टारहरुको चलचित्रले नेपाली बजारमा कब्जा जमाउन थालेका छन् । ‘बाहुबली, केजीएफ’ जस्ता चलचित्रले नेपालमा राम्रो कमाइ गरेपछि नेपाली वितरकहरु साउथका चलचित्र रिलिज गर्न […]
काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएकी छन् । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् । अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । योसँगै प्रियंकाले पनि पति निकसँग […]
काठमाडौं । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक आशिष सचिनले नायिका आँचल शर्मासँग चलचित्रमा अभिनय गर्न चाहेको बताए । आँचलसँग केही भिडियोमा काम गरेका आशिष उनको काम गर्ने शैलीबाट प्रभावित भएको बताउँछन् । म्युजिक भिडियोमा महंगो लगानी गर्दै आएका आशिषले आफ्नो चलचित्रमा आँचल नै नायिका हुने बताएका छन् । आशिषले नयाँ चलचित्र कहिलेबाट शुरु […]
काठमाडौं । गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको […]
आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको […]
काठमाडौं । नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्रको सहारा लिनुपरेको सुन्दा दुःख लाग्ने बताएकी छन् । पुस २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै स्वस्तिमाले भनिन्, ‘पक्कै पनि एउटा कलाकार भएको नाताले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्र पर्खिनुपरेको देख्दा नरमाइलो लागेको छ । […]
काठमाडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भएको ‘प्रेमगीत–३’को भारतको प्रदर्शन राइट ४ करोड भारुमा विक्री भएको छ । निर्माण पक्षका अनुसार भारतको फिल्म वितरण कम्पनी ‘इम्पोसिबल फिल्म’ले ‘प्रेमगीत–३’को हिन्दी संस्करण ४ करोड भारुमा किनेकोे हो । ‘प्रेमगीत–३’लाई नेपाल र भारत दुवै देशमा एकै मितिमा रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले बताइएको छ । […]