होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • सेन्सर पास भइसकेको ‘चुरीफुरी’ पुस ९ मा रिलिज होला ?
मनोरञ्जन

सेन्सर पास भइसकेको ‘चुरीफुरी’ पुस ९ मा रिलिज होला ?

  • नागरिक रैबार
सेन्सर पास भइसकेको ‘चुरीफुरी’ पुस ९ मा रिलिज होला ?

काठमाडौं । रिलिजको तीन साताअघि नै निर्माता तथा निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को सेन्सर सकाएका छन् । यो चलचित्रलाई सबै वर्गका दर्शकले हेर्न पाउने छन् ।

चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ । चलचित्रले देशका विभिन्न क्षेत्रमा कसरी मानिसहरु ठगिन्छन् भन्ने कथालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ ।

चलचित्रलाई पुस ९ गते रिलिज गर्ने तयारीका साथ यसको निर्माणपक्ष दौडधुपमा व्यस्त छ । तर, केही दिनयता कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वभर फैलिन थालेपछि चलचित्र निर्मार्ताहरुमा पनि त्रास देखिन थालेको छ ।

विज्ञापन

‘चुरीफुरी’का निर्देशक आचार्य चलचित्र पुस ९ मा रिलिज गर्ने मनस्थितिमा आफूहरु रहेको बताउँछन् । तर, अबको केही दिन कोरोनाको असर कस्तो देखिन्छ भन्ने कुरामा पनि भर पर्ने उनको भनाइ छ । ‘हामी आत्तिएका छैनौं, तर सचेत भने छौं । भारतमा पनि महँगो बजेटका चलचित्र रिलिज गर्न निर्माता डराएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा हामी पनि डराउनुपर्ने त छैन । तर, परिस्थितिलाई हेरेर निर्णय लिन्छौं ।’

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, बुद्धि तामाङ, सुरवीर पण्डित, रविन्द्र झा, सुवोध गौतम, दीपक आचार्य लगायतका कलाकारको अभिनय छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार