होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • म दीपिकाको पहिरन छापा मार्न चाहन्छु : तारा सुतरिया
बलिउड/हलिउड

म दीपिकाको पहिरन छापा मार्न चाहन्छु : तारा सुतरिया

  • नागरिक रैबार
म दीपिकाको पहिरन छापा मार्न चाहन्छु : तारा सुतरिया

काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक लाग्ने बताएकी छन् ।

‘तडप’का विषयमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा ताराले दीपिकाको पहिरनमा छापा मार्न चाहेको बताइन् । तपाईं कुन नायिकाको पहिरन राख्ने ठाउँमा छापा मार्न चाहुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म दीपिका पादुकोणको दराजमा छापा मार्न चाहन्छु । किनकि, उनले लगाउने पहिरन निक्कै आकर्षक छन् ।’

ताराले आफूलाई कुनै युवक मन परेको अवस्थामा उसलाई प्रेम प्रस्ताव राख्न आफूलाई कुनै समस्या नभएको पनि बताएकी छन् । उनले भनिन्, ‘म युवकको प्रस्ताव पर्खिएर बस्दिनँ । म उसलाई आफैं प्रेम प्रस्ताव राख्छु ।’

विज्ञापन

‘स्टुडेन्ट अफ द इयर’बाट बलिउडमा प्रवेश गरेकी तारा चलचित्र ‘तडप’बाट उत्साहित छिन् । यो चलचित्रमा उनी र नायक अहान सेट्टीले पर्दा शेयर गरेका छन् । ताराले चलचित्र ‘तडप’मा अहान सेट्टीसँग रोमान्टिक दृश्य खिच्न आफूलाई कुनै अप्ठ्यारो नलागेको पनि बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार