होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • सलमानको ‘अन्तिम’लाई समीक्षकको उत्कृष्ट प्रतिक्रिया
बलिउड/हलिउड

सलमानको ‘अन्तिम’लाई समीक्षकको उत्कृष्ट प्रतिक्रिया

  • नागरिक रैबार
सलमानको ‘अन्तिम’लाई समीक्षकको उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । बलिउड अभिनेता सलमान खान र आयुष शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘अन्तिम’ शुक्रबार रिलिज भएको छ । यो चलचित्रलाई नेपालमा पनि हलहरुले राम्रो शो उपलब्ध गराएका छन् ।

सलमान खानको स्टारडम, ट्रेलरलाई सुखद प्रतिक्रिया लगायतका कारणले पनि यो चलचित्रले राम्रो कमाइ गर्ने अपेक्षा वितरकको छ । यो चलचित्रलाई भारतका समीक्षकहरुले पनि उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

बलिउड समीक्षक तरण आदर्शले यो चलचित्रलाई ३.५ रेटिङ दिँदै उत्कृष्ट भनेका छन् । उनले सलमानको उपस्थिति र आयुषको धमाकेदार अभिनयले दर्शकलाई हलमा २ घन्टा २२ मिनेट मनोरञ्जन दिने उल्लेख गरेका छन् । विशेषगरी चलचित्रको मध्यान्तर अगाडिको दृश्य र क्लाइमेक्सको ३० मिनेटले दर्शकलाई होल्ड गर्ने समीक्षकहरुको तर्क छ ।

विज्ञापन

निर्देशक महेश मन्जेरकरको निर्देशनमा तयार भएको यो चलचित्रको ब्याकग्राउन्ड स्कोरले छुट्टै उत्साह जगाउने विश्लेषण गरिएको छ । अन्य समीक्षकहरुले पनि ‘अन्तिम’ आम दर्शकका लागि बनेको चलचित्र बताएका छन् ।

यो चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा ८ देखि १० करोडको व्यापार गर्ने अनुमान गरिएको छ । ‘सूर्यवंशी’ले उत्साह जगाएको बक्स अफिसलाई ‘बन्टी और बब्ली २’ले निराश बनाएको थियो । सलमानको स्टारडमले ‘अन्तिम’ले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा बलिउड पण्डितहरुको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार