होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • कट्रिनाको विवाहमा सलमान खानका बडीगार्ड शेरालाई दिइयो सुरक्षाको जिम्मा
बलिउड/हलिउड

कट्रिनाको विवाहमा सलमान खानका बडीगार्ड शेरालाई दिइयो सुरक्षाको जिम्मा

  • नागरिक रैबार
कट्रिनाको विवाहमा सलमान खानका बडीगार्ड शेरालाई दिइयो सुरक्षाको जिम्मा

बलिउड नायिका कट्रिना कैफ आजकाल विक्की कौशलसँगको विवाहका लागि चर्चामा छाएकी छिन् । यी दुईले ९ डिसेम्बरमा राजस्थानको बडवारामा विवाह गर्दैछन् । पछिल्लो जानकारीका अनुसार कट्रिना कैफको विवाहको तयारीम उनका साथी सलमानले पनि मद्दत गरिरहेका छन् । विवाह स्थलको सुरक्षाको जिम्मेवारी सलमान खानका बडीगार्ड शेरालाई दिइएको छ । वास्तवमा, शेराले एक सिक्योरिटी कम्पनी चलाउँछन् । उनको कम्पनीको नाम टाइगर सिक्योरिटी हो । साथै, विक्की र कट्रिनाले विवाहका लागि भारतका थुप्रै राज्य र विदेशबाट तरकारी मगाएका छन् ।

सलमानका बडीगार्ड शेरासँग छ विवाहको सुरक्षा जिम्मेवारीः

कट्रिना र विक्कीको विवाहस्थल सिक्स सेन्सेस फोर्टको सुरक्षाको जिम्मेवारप् अब शेराको कम्पनीको हातमा छ । विवाहमा थुप्रै बलिउड सेलिब्रिटी र भिआइपी पाहुनाको उपस्थिति रहनेछ त्यसैले शेराको कम्पनीबाहेक बरवारा प्रहरीले पनि सुरक्षामा मद्दत गर्नेछ ।

विज्ञापन

कट्रिना र विक्कीको विवाहमा विदेशबाट सागसब्जी ल्याइएः

कट्रिना र विक्कीको विवाहका लागि भारतका थुप्रै राज्य र विदेशबाट सागसब्जी मगाइएको छ । यहाँसम्म कि थाइल्याण्डबाट पनि विभिन्न खालका तरकारी मगाइएका छन् । यस्तै कर्नाटकबाट रातो केरा र च्याउ मगाइएको छ । यसका साथै पालुङ्गो र बन्दासमेत विभिन्न सागसब्जी पनि कर्नाटकबाट मगाइएको छ ।

यतिमात्रै होइन, होटलमा यो जोडीका साथै उनीहरुका पाहुनाका लागि पनि विशेष व्यवस्था मिलाइएको छ । विवाहमा आएका भीआईपी पाहुनाका लागि चार दर्जन क्रोकरी मुम्बईबाट मगाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार