होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा
मनोरञ्जन

चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा

  • नागरिक रैबार
चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा

काठमाडौं । छविराज ओझालाई नेपाली चलचित्रको ‘बाघ’ निर्माता भनिन्छ । नेपाली चलचित्रमा हिट कलाकार जन्माउने मात्र होइन, हिट चलचित्र दिने कुरामा पनि उनी अगाडि छन् ।

विगत केही वर्षदेखि पारिवारिक समस्यामा अल्झिएका कारण उनी चलचित्र निर्माणबाट टाढा रहे । तर चार वर्षपछि भने छवि नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् ।

यो चलचित्रको प्रि–प्रोडक्सनको काम आठ महिनादेखि चलिरहेको छ । चलचित्रलाई नवनिर्देशक नवराज शर्माले निर्देशन गर्दैछन् । नवराज लामो समयदेखि नेपाली चलचित्रमा सहनिर्देशकको रुपमा काम गरिरहेका छन् ।

विज्ञापन

छविले  भने, ‘चलचित्र क्षेत्र समस्यामा परेको समयमा हामी अगाडि नआए को आउँछ र ? यसैले यो विषम परिस्थितिमा चलचित्र बनाएर यो क्षेत्रलाई चलायमान बनाउन खोजेको हुँ । तर, यसपटक चलचित्रको बोस म होइन, निर्देशक शर्मा हुन् । मैले पैसा मात्र लगानी गर्ने हो ।’

छविका अनुसार यो चलचित्रमा दीपक शर्माको संगीत छ । दीपकले चलचित्रका लागि एउटा गीतको रेकर्डिङ पनि सकिसकेका छन् ।

चलचित्रमा दुई नायक र दुई नायिका हुने छविले जानकारी दिए । ‘चलचित्र प्रेमकथामा निर्माण हुनेछ । तर, यसपटक कलाकार म छनोट गर्दिनँ । निर्देशकको सोच अनुसार नै चलचित्र बन्छ,’ उनले भने ।

छवि अगाडि भन्छन्, ‘३५ वर्षदेखि म यो क्षेत्रमा सक्रिय छु । चलचित्र बनाउने मेरो काम हो । अन्त त कहाँ जानु र ? यसैले चलचित्र निर्माणलाई निरन्तरता दिन लागेको हुँ ।’ छविले सबै परिस्थिति हेरेर मात्र चलचित्रको छायांकन शुरु गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार