होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आजबाट ‘नेपाल आइडल सिजन ४’ प्रसारण हुँदै
मनोरञ्जन

आजबाट ‘नेपाल आइडल सिजन ४’ प्रसारण हुँदै

  • नागरिक रैबार
आजबाट ‘नेपाल आइडल सिजन ४’ प्रसारण हुँदै

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को चौैथो सिजन बिहीबारबाट प्रसारण हुँदैछ । ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि प्रसारण हुनेछ ।

बिहीबारको पहिलो भागमा अडिसन राउण्ड दर्शकमाझ देखाइने निर्माणपक्षले बताएको छ । नेपाली टेलिभिजनमा केही वर्षयता विश्वका चर्चित रियालिटी शोका फ्रेन्चाइजहरु प्रसारण भइरहेका छन् । चौथो सिजनमा पुगेको नेपाल आइडल दर्शकमाझ लोकप्रिय छ ।

‘नेपाल आइडल’को चौथो सिजनमा निर्णायकहरु भने परिवर्तन भएका छन् । यो सिजनमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा छन् ।

विज्ञापन

‘नेपाल आइडल सिजन ४ ’लाई आसिफ शाह र रेश्मा घिमिरेले होस्ट गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार