होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २८ चैत्र । स्थानिय तह निर्वाचन बैसाख ३० गते नजिकिदै जाँदा जिल्लाका राजनितिक दलहरुका बिस्तारित बैठक बस्ने क्रम जारी रहेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्र बाजुराको आइतबार बसेको पार्टीको प्रथम पूर्ण बैठकले गरेका निणर्यहरु सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित बसेको माओवादी केन्द्रको प्रथम […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले जिल्ला कमिटी बाजुराको तेस्रो पूर्ण बैठकले नयाँ ३ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । सोमबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेको एमाले बाजुराको तेस्रो पूर्ण बैठकबाट बडीमािलका नगरपालिकाका जंग विक, स्वामीकार्तिक खापर गाउँपालिकाका दिलिप शाही र त्रिवेणी नगरपालिकाका खड्क साउँदलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको एमाले बाजुराका प्रचार […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले बडीमालिकाको मेयर पदको उम्मेदवारीका लागि अमर खड्कालाई सिफारिस गरेको छ । एमाले बडीमालिका नगर कमिटिको बैठकले एमाले बाजुराका संगठन विभाग प्रमुख समेत रहेका खड्कालाई बडीमालिकाको मेयरको उम्मेदवारीमा सिफारिस गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । अध्यक्ष पाध्यायका अनुसार बडीमालिकाको उपमेयर पदको उम्मेदवारका लागि ३ […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षार्थका लागि छनौट भएका म्यादी प्रहरीहरुको तालिम आजबाट सूरु भएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि छनोट भएका ६ सय ७५ जना म्यादी प्रहरीको तालिम आजबाट सूरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओझाले बताएका छन् । डिएसपी ओझाका […]
नागरिक रैबार/बाजुरा २७ चैत्र । बाजुराको रानीवन स्पोर्टस क्लब सि डिभिजन खेलका लागि राजधानी पुगेको छ । सि डिभिजन लिग छनोटपछि पहिलो पटक रानीवन सि डिभिजन खेल्न बाजुराबाट राजधानी पुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सि डिभिजन लिगको खेल यही चैत्र २९ गतेबाट सुरु हुदैछ । रानीवन यसैवर्ष सि डिभिजनको लिग […]
नागरिक रैबार/बाजुरा २६ चैत्र। बाजुराको सदरमुकाममा रहेको मार्तडी बजार व्यवस्थापन समितिले चैते दशैंको अवसरमा मालिका मन्दिरमा घण्ट चढाएका छन् । मार्तडी बजार व्यवस्थापन समितिले बजारमा रहेका व्यापारीहरुसंग रकम संकलन गरेर मालिका मन्दिरमा ७३ हजार ७ सय रकम बराबरको ५५ किलोको घण्ट मालिका मन्दिरमा चढाएको बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताएका छन् । उनका अनुसार […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। अखिल क्रान्तिकारी जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक मार्तडीमा महत्वपूर्ण निणर्य गर्दै सम्पन्न भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अखिल क्रान्तिकारीको दोस्रो बैठक मार्तडीमा बसेको हो । अखिल क्रान्तिकारीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक बुथ (मतदान) केन्द्र एक क्रान्तिकारी […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ६ को काटियामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वडा नं. ६ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले उद्धघाटन् गरेका छन् । यस अघि गाउँपालिकाको १० औं गाउँ सभाबाट वडा नं. ६ का स्थानीयहरुको स्वास्थ्य समस्यालाई मध्येनजर […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा २४ चैत्र।नेकपा एमाले बुढीनन्दा नगरपालिकामा मेयरमा जनक कुमार बोहराको एकल उम्मेदवारी परेको छ । बुढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट नेकपा एमाले बाजुरा जिल्ला कमिटी उप- सचिव समेत रहेको बोहराको एकल उम्मेदवारी परेको हो । नेकपा एमाले बुढीनन्दा नगर कमिटिले बोहरालाई मेयरमा सर्वसम्मत तरिकाले उम्मेदवारी बनाएको हो । ०७४ को स्थानिय तहको निर्वाचनमा […]
नागरिक रैबार/बाजुरा २४ चैत्र। नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमितिको केन्द्रिय सदस्यमा बाजुराका तपेन्द्र विश्वकर्मा मनोनित भएका छन् । नेपाली काँग्रेसका पार्टी प्रवक्ता डा.प्रकाश सरण महतको संयोजकत्वमा मिती २०७८ चैत्र २२ गते बसेको बैठकको निणर्य अनुसार बाजुराको बडीमालिका नगरपालिका ७ सीराडी घर भएका विक समेत मनोनित भएका हुन् । नेपाली काँग्रेस साँस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति […]
नागरिक रैबार/बाजुरा २३ चैत्र ।नेपाली काँग्रेसका युवा नेता प्रकाश रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका नेता रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेता रावलले मंगलबार नेपाली काँग्रेसको विधान २०१७ को नवौं संसोधन २०७५ को परिच्छेद ८ को धारा ३२ को उपधारा […]
नागरिक रैबार/बाजुरा २३ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र वडाका उम्मेदवारहरुको टंगो लगाउने भएको छ । मंगलबार एमालेको पार्टी कार्यालयमा बसेको नगर कमिटीको बैठकले ३ दिनभित्र वडाका उम्मेदवारहरुको छनोट गर्ने बताएको छ । पार्टीले वडा तहमा उम्मेदवार सिफारिस गर्दा कम्तीमा तीन जनाको नाम पठाउन […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा ६ सय ७५ जना म्यादी प्रहरी छनोट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार साँझ म्यादी प्रहरी छनोटको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रहरीका अनुसार म्यादी प्रहरीमा ५२५ पूरुष र १२५ महिला छनोट गरिएका छन् । ६ सय […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्रीको काठमाडौमा उपचार भइरहेको छ । मिना खत्रिले आर्थिक अभाबमा २ बर्ष पहिला देखी मुटुको रोग पालिरहेकि थिइन् । बडिमालिका खबरमा ार्थिक अभाबमा दुइ बर्ष देखी मुटुको रोग पालिरहेको समचार प्रकाशित पछि बाजुरा बाट उद्धार गरेर काठमाडौमा उपचार भइरहेको छ । काठमाडौमा […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। गैर सरकारी संस्था महासंघ बाजुरा शाखाकाे अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् ।महासंघकाे ९ औ अधिवेशनबाट गिप्ट नेपाल बाजुराका कार्यक्रम प्रवन्धक समेत रहेका अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा माेहनराज जैशी, सचिवमा धर्म राेकाया, सहसचिवमा धनकृष्ण विक र काेषाध्यक्षमा शुसिला थापा, सदस्यहरू जानकी खत्री, दिनेश बाेहरा लगायत १० सदस्यीय […]
२२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ । फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न […]
नागरिक रैबार/बाजुरा २१ चैत्र। १३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ले एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा–६ लाटुपस्तिका वर्ष २३ का बसन्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएको बेला मौका छोपी बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको भनि चैत्र १८ गते जिल्ला प्रहरी […]
नागरिक रैबार/बाजुरा २० चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयहरु मतदान केन्द्रको माग गदै सदरमुकाम मार्तडीमा विरोध प्रर्दशन गरेको छ । निर्वाचन आयोगले एक वडा एक मतदान केन्द्रको व्यवस्था गरिने भनेको भएपनि बाजुराको जगन्नाथ गाउँपालिकाको ६ नम्बर वडामा मतदान केन्द्र कायम नभएको भन्दै उनीहरु सदरमुकाम मार्तडीमा आएर विरोधमा प्रर्दशनमा उत्रिएका हुन् । बिरोध […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुरामा आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको आयोजना र नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट जिल्ला अस्पताल बाजुरामा संचालन गरिएको हो । शिविरमा नाक, कान र घाँटी सम्वन्धि निःशुल्क शल्यक्रिया तथा छनौट शिविर संचालन हुने भएको जिल्ला अस्पताल […]