होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ भदौ। बडीमालिका नगरपालिका ७ स्थित चुथिमा लघुउद्यम विकास समूहद्धारा मसला उद्योग संचालनमा ल्याईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार, घरेलु तथा साना उद्योग समिति बाजुराको आर्थिक सहयोग र ७ नं. वडा कार्यालयको समन्वयमा सो उद्योग चुथिमा सचालमा ल्याइएको हो । उद्योगको एक औपचारिक कार्यक्रमकावीच शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरैले उद्धघाटन् गरेका छन् । […]
जय बहादुर रावत/बाजुरा ५ भदौ । बडिमालिका नगरपालिका स्तरिय युवा (ME/VT) लघु उद्यम विकास तथा जीवन उपयोगी सिप विकास तालिमका सहभागी तथा उद्यमीहरुको सिकाई आदान प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पीसविन बाजुराको युवा सशक्तिकरण बुलगारी परियोजना तथा सेभद चिल्डेनको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित युवाहरुको विभिन्न सिप तथा व्यवसायहरुबाट के कति मात्रामा […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा ४ भदाैै। अछाममा नदीमा माछा क्रममा बगेका युवकको सकुसल उद्धार गरीएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ सिडीकोट ककरसात ढोढरका २५ बर्षिया युवक युवक माछा मार्न बुढीगंगा नदिमा गएको समयमा चिप्लिएर बगेका थिए । २५ बर्षिया युवक नरेश कडायतलाई सकुसल उद्धार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बुढीगंगा […]
अनिल शाही कोल्टी ४ भदौ । बाजुरा निर्वाचन क्षेत्र (क) मा पुर्व माओवादी केन्द्रका नेताहरुले नेता तथा कार्यक्रताहरुको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोल्टीको पुरानो आर्मी ब्याारेकको हलमा सञ्चालन गरीएको सो कार्यक्रममा पार्टीका विविध गतिविधिका विषयमा छलफल गरी कार्यक्रम सम्पन्न भएको बताईएको छ । स्वास्थ्य सुरक्षाका समाग्रि अनिवार्य प्रयोग र सामाजिक दुरी […]
राजेन्द्र बहादुर रोकाया /बाजुरा ३ भदाैै । जन्मदिनकाे अवसरमा बहादुर सिहं धामीले खप्तड मालिका युवा सञ्जाललाई सहयोग गर्नुभएको छ । जिल्लामा संचालन हुदै आएको खप्तड मालिका युवा संजाल बाजुराको राष्टिय बाणिज्य बैंकमा रहेको खातामा दिन दुखीलाई राहत दिनको लागी रु ३ हजार ३ सय ३३ रुपैया उतm खातामा जम्मा गरेका छन् । संजालका सस्थापक समेत […]
अनिल शाही/बाजुरा ३ भदौ । बुधबार रातिको अविरल ष्र्षा पछिको बाढी पहिरो प्रभावित क्षेत्रको प्रदेश सांसद बलदेव रेग्मीले स्थलगत अनुगमन गरेका छन् । राति भारी वर्षा भएपछि बुढीनन्दा नगरपालिका वडा नं ३, २, १ र ६ मा जनधनको समेत क्षति भएको छ । सो क्षतिको अवस्था अनुगमन गर्न सांसद रेग्मीसहित बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्ट्रि रेग्मी वडा […]
नागरिक रैबार बाजुरा ३ भदौ नागरिक समाज बाजुराले बजारमा भएको कालोवजारी रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई ध्यानकर्षण पत्र बुझाएको छ । सडकको कारण देखाउँदै बाजुराको सदरमुकाम मार्तडी बजारमा व्यापारीहरुले खाद्य वस्तु तथा इन्धनमा कालोबजारी गरेकाले तत्काल कालोबजारी रोक्नका लागि प्रजिअ गैरैलाई ध्यानाकर्षपत्र वुझाइएको छ । नागरिक समाजका अगुवा शेरबहादुर रावल नेतृत्वको टोलीले […]
नागरिक रैबार/बाजुरा ३ भदौ| जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्रका कुनैपनि बजारहरुमा सामुहिक भेला भएर तीज नमनाउन महिलाहरुलाई आग्रह गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगरभित्रका महिलाहरुलाई मार्तडी बजार लगायत नगरपालिका क्षेत्रमा हुलहुज्जत र भिडभाड नगरी घरमै तीज मनाउन आग्रह गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमण बढीरहेकोले परम्परादेखि […]
नागरिक रैबार/बाजुरा ३ भदौ । मंगलबार राति आएको वर्षापछि बाजुराका विभिन्न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको […]
नहकुल जोशी/कोल्टी ३ भदाै। बाजुरामा बुधवार विहानको बाढीपहिरोमा परि एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ६ लाटुवस्तीकी ७५ बर्षीया झिमा ल्वारको मृत्यु भएको प्रहरीले जनाएको छ। गयराति घट्ट पिस्न गएकी ल्वारलाई बड्डीगाड खोलामा आएको बाढीले बगाएको थियो । उनको शव पिलुचौर नजिक खोला किनारामा भेटिएको प्रहरीले जनाएको छ । पिलुचौरमा […]
नरदिप वड/कोल्टी ३ भदौ । बुढीनन्दा नगरपालिका स्थित दानसाँगु खोलामा आएको बाढीले एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ६ कि झिमु लवार रहेकी छन् । मृतक लवारलाइ मंगलबार दिउसो अरूको काम गरेर राति घट्ट पिस्न गएको बेला दानसाँघु खोलामा आएको बाढिले बगाएको हो । अविरल वर्षाकै कारण दानसाँगु खोलामा आएको बाढीले […]
चक्र बहादुर अएडी-बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका मा करेन्ट लाग्दा एक महिला घाईते भएकि छन । त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउ कि २८ बर्षिया शान्ति रावलको को मोवाईल चार्ज लगाउने क्रममा करेन्टलागेको उमेश विस्टले बताउनु भयो । अहिले उहाँको अछाममा रहेको बयालपाटामा उपचार भईरहेको छ । उहाँलाई हिजो राति नै बयालपाटा अस्पतालमा लिएको छ भने […]
चक्र बहादुर अएडी — बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा हिजो राति परेको अविरल बर्षा संगै आएको मालागाड खोलाले लाखौको क्षेति पुर्याएको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा पर्ने मालागाड खोला एक्कासि राति आउदा खोलाको आसपासका खेतहरु र मालागाड जलविधुत आयोजनाको कुलोमा क्षेतिहुँदा विजुली अवरुद्ध भएको स्थानिय राजेश थापाले बताएका छन । थापाका अनुसार सो […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुरा अाईपुगेकाे छ । साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदिमा अाएकाे बाढीका कारण प्रभावित भएका परिवारलाई राहत तथा उद्घार गर्न गृहमन्त्री सहितकाे टाेली बाजुरा अाईपुगेकाे हाे । गृहमन्त्री नेतृत्वको टोलि सुर्खेत हुंदै बाजुरा तर्फ प्रस्थान गरेकाे हाे । टाेलीले गौमुल गाउंपालिकाकाे सिम सिम, […]
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुराका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्घारका सामाग्री लिएर बाजुरा अाउने भएकाे छ । यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रकाे अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा अाउने भनिएकाे भएपनि प्रतिकुल माैषमका कारण गृहमन्त्री सहितकाे टाेली बाजुरा अाउने कार्यक्रम स्थगित भएकाे थियाे […]
नागरिक रैबार/बाजुरा २ भदाै। बुढीगंगा नदीमा आएको बाढीका कारण पीडित बनेका परिवारलाई सामाजिक अभियान्ता रिता शाहीको पहलमा राहत सहयोग गरिएको छ । अभियान्ता शाहीको पहलमा बाढीबाट पीडित बनेका बडिमालिका नगरपालिका २ घागरका ५ र १ पीनालेखका १ गरी ६ परिवारलाई प्रवासमा बस्ने समाज सेवी इशा गुरुग, रिता कार्की र हेम थापाले पीडितका लागि पठाएको रकमबाट […]
नागरिक रैबार/बाजुरा १ भदौ । बडीमालिका नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षकको ५ दिनको तलव र जनप्रतिनिधिको ६ दिनको दलव कटाएर बडीमालिकाका बाढी पिडितलाई सहयोग गर्ने निणर्य गरेको छ । नगरपालिकामा आईतबार बसेको ५१ औं नगर कार्यपालिकाको बैठकबाट बाढी पहिरोका कारण घरबास बगाएका, छाना बगाएका एंव जनको क्षती भएका परिवारलाई घाउमा मलम स्वरुप सहयोगका लागि बडीमालिका […]
खम्विर विक/बाजुरा १ भदाै । आर्थिक अभावका कारण जिल्लाको जगनाथ गाउँपालिका ३ महतिकी २९ वर्षिया सुत्केरी संगिता भण्डारी ६ दिन देखि नेपालगंजमा अलपत्र परेकी छन् । कर्णाली प्रदेश क्षेत्रीय अस्पतालमा गत साउन २७ गते सुत्केरी भएकी भण्डारी आर्थिक अभावकै कारण ६ दिन देखि नेपालगंजमा अलपत्र परेकी हुन् । गत साउन २७ गते २९ वर्षिया सुत्केरी […]
चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकामा विगत लामो समय देखि विभिन्न ठाउँबाट बरामद गरि राखेका मदिरा नष्ट गरिएको छ । बाजुरा जिल्लाको पहिलो मदिरा निषेधित नगरपालिका त्रिवेणीमा अवैधरुपमा विक्रि वितरण गर्दै आईरहेका पसल बाट र ओसार पाेसार गर्दै बरामद गरिएका मदिरा नष्ट गरिएको हो। त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा रहेको मौरेमा हिजो नष्ट […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा ३२ साउन। बाजुराको गौमुल गाउँपालिका २ मल्लोदुगनको कुहुडामा पहिरो गएपछि आवत जावत बन्द भएको छ । पहिरोले गौमुल गाउपालिका २ को पौदाली मल्लोदुनका स्थानीलाई जिल्ला सम्म भन्दा पनी वडा कार्यालय सम्म जाने बाटो नभएको स्थानीय चक्र रोकायाले जानकारी दिनुभएको छ । स्थानीय रोकायाले दिएको जानकारी अनुसार हिजो राती देखी अत्याधिक रुपमा पहिरो […]