होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा: बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ। ती मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को […]
जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको एक करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागतमा फेरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा कुमेरबहादुर शाहीले जानकारी दिए । सडक सञ्जालमा […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार बाजुरा ७ फागुन। नेकपा एकीकृत समाजवादी पार्टी बाजुराले जिल्लाकाे स्वामिकार्तिक गाउँपालिकामा गाउँ कमिटी गठन गरेकाे छ । शनिवार समाजवादी पार्टीले स्वामिकार्तिक गाउँपालिकामा आयाेजना गरेकाे प्रमम भेलाबाट गाउँ कमिटीकाे अध्यक्षमा पशुपति राेकाया रहने गरि ९५ सदस्यीय कमिटी गठन गरिएको हाे । स्थानीय तहकाे निर्वाचन बैशाख ३० गते ताेकिएसंगै नेकपा एकीकृत समाजवादी पार्टी जिल्लाभर संगठन […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैवार / बाजुरा १९ माघ ।कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानीमा डुबेर एक बालक बेपत्ता भएका छन। बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका वडा.नं २ रुढीका दिपक बमका १४ बर्षिया छोरा जोशिर बम रहेका छन । मंगलबार दिउसो जगनाथ गाउँपालीकाको सिमानामा रहेको कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता भएकाे पारीवारीक श्राेतले जनाएकाे छ। […]
नागरिक रैबार/बाजुरा १८ माघ। कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। कोल्टी क्षेत्रमा यस वर्ष समयमै खाद्यन्न ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको छ । वर्षेनी खाद्य संकट व्यहोरीरहेको कोल्टी क्षेत्रमा यस वर्ष समयमै चामल ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको हो । यस अघि कोल्टी क्षेत्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले समयमै ढुवानी नगर्दा त्यस क्षेत्रमा खाद्यन्न संकट हुँदै आएको […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। नेकपा (माओवादी केन्द्र) बाजुराले २७ वटा वडामा सम्मेलन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्र बाजुराले बाजुराका २७ वडामा नयाँ नेतृत्व चयन गरेको नेकपा (माओवादी केन्द्र) बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् । उहाँका अनुसार ६९ मध्ये २७ वडामा सम्मेलन सकिएको र बाँकी वडामा सम्मेलन जारी रहेको छ । […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो । यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार बाजुरा १४ कार्तिक। जिल्लाकाे स्वामिकार्तिक गाउँपालिका वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा अधिवेशन सम्पन्न भएकाे छ । आज सम्पन्न भएकाे प्रथम वडा अधिवेशनले गाेरे भण्डारी अध्यक्ष, उपाध्यक्ष- जसी दमाई, सचिव काली बहादुर बुढा उपसचिव- जनक हमाल रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे । वडाका वयवृद्व मनिराम बुढाकाे […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. २ साप्पाटामा नेकपा एकिकृत समाजवादी पार्टी वडा नं २ को वृहत कार्यकर्ता भेला आयोजना गरिएको छ । समाजवादी पार्टी २ नम्बर वडाका वयवृद्ध तथा समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य मन्नाम बुढाको अध्यक्षतामा उक्त कार्यक्रम साप्पाटामा चलिरहेको छ । कार्यक्रर्ता भेलामा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टीका […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार बाजुरा १० कार्तिक। नेकपा एमाले बाजुराले बाजुराका ६९ मध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशनमा हालसम्म ६२ वडामा वडा कमिटी सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार जिल्ला भरीका ६९ […]