होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली नदीमा फेरी सञ्चालन भएसँगै स्वामिकार्तिक गाउँपालिका सडक सञ्जालमा जोडियो
समाचार

कर्णाली नदीमा फेरी सञ्चालन भएसँगै स्वामिकार्तिक गाउँपालिका सडक सञ्जालमा जोडियो

  • नागरिक रैबार
कर्णाली नदीमा फेरी सञ्चालन भएसँगै स्वामिकार्तिक गाउँपालिका सडक सञ्जालमा जोडियो

जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो ।

स्वामीकार्तिक खापर गाउँपालिकाको एक करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागतमा फेरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा कुमेरबहादुर शाहीले जानकारी दिए । सडक सञ्जालमा नजोडिएको गाउँपालिकालाई यातायातको पहुँचमा पुर्याउन कर्णाली नदीमा फेरी निर्माण गरिएको उनले बताए ।

गाउँपालिका-४ को वाई सुईजिउला र जगन्नाथ गाउँपालिका-१ पिलुचौरको बीचमा रहेको कर्णाली नदीमा फेरी निर्माण सम्पन्न गरी गाउँपालिकामा गाडी आजतजावत भएको उनले बताए । गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले रिवन काटेर फेरीको उद्घाटन गरेका थिए ।

विज्ञापन

सुन्नदा मस्टेश्वरी निर्माण सेवासँग सम्झौता भई काम सम्पन्न गरी सोमबार नैै वडावडामा गाडी पुर्याइएको हो । कर्णाली नदीमा फेरी निर्माण भई यातायाता सेवा सञ्चालनमा आएपछि स्वामिकार्तिक गाउँपालिकावासी खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार