होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
नागरिक रैबार बाजुरा २५ बैशाख। बाजुरा जिल्लामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा चार जना निर्विरोध निर्वाचित भएका हुन्। दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका–४ मा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी […]
नागरिक रैबार/बाजुरा २४ बैशाख।जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ का नेपाली काँग्रेसका क्रियाशिल सदस्य गोपाल गिरी सहित १५ जनाले एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आज त्रिवेणी नगरपालिकाको वडा नं. ८ कालापानीमा गरेको चुनावी घरदैलो कार्यक्रममा गिरीसहित १५ जना नेपाली काँग्रेस छाडेर एमालेमा प्रवेश गरेको स्थानीय दिपक गिरीले बताएका छन् । उनका अनुसार नेपाली […]
नागरिक रैबार/बाजुरा १८ बैशाख। बाजुराको त्रिबेणी नगरपालिमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रवीच चुनावी तालमेल गरिएको छ । देशभर सत्ता पक्षधरको गठबन्धन गर्ने लिखित सहमति भएको भएपनि बाजुराको त्रिवेणी नगरपालिकामा भने एमाले र माओबादी केन्द्रवीच चुनावी तालमेल गरिएको हो।नेपाली काँग्रेसले जिल्लाका नौ ओटै पालिकामा प्रमुख पद नछोड्ने गरि उम्मेदवारी दर्ता गराए पछि त्रिबेणी नगरपालिकामा माओवादी […]
बाजुराका नौ वटा पालिकाका लागि ७८४ जनाको उम्मेदवारी परेको छ । नौ वटा स्थानीय तहका ३ सय ६३ पदका लागि प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ७८४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले बताएको छ । ४ जना नगर प्रमुख, ४ जना उपप्रमुख, ५ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, ६९ जना […]
नागरिक रैबार/ बाजुरा १२ बैशाख। नेपाली काँग्रेसका नेता तथा पुर्व पार्टी सचिव रनसिंह अयडीले त्रिवेणी नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस बाजुराका निबर्तमान जिल्ला कार्यसमिति सचिव समेत रहेका अयडीले त्रिवेणी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन । पार्टीको गुट नमिलेका कारण उनी नगरप्रमुखमा नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिले सिफारीस नगरेपछी उनले […]
नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुरामा नेकपा एमाले पालिका प्रमुख र उप-प्रमुखको टुंगो लाग्यो नेकपा एमाले बाजुराले जिल्लाका ९ वटैै स्थानिय तहका प्रमुख, उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको टुगोँ लगाएको छ । नेकपा एमाले बाजुराले जिल्लामा प्रमुख र उप-प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सबैलाई मिलार उम्मेदवारी टुंगो लगाएको नेकपा एमाले बाजुराका प्रचार,प्रसार प्रमुख काँसी विकले बताएका छन् […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
राजेन्द्र बिक बाजुरा २१ फागुन।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ र त्रिवेणि नगरपालिका वडा नम्बर ९ पैमामा संचालित मनागाड लघु जलविद्युत परियोजनाको तेस्रो साधारण सभा शुरु भएको छ।परियोजनाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा बडिमालिका नगरपालिका -५मनामा संचालन भएको साधारण सभाको प्रमुख अतिथि बडिमालिका नगरपालिकाकि उपप्रमुख कबिता बिष्ट रहनु भएको थियो भने बिशिस्ट अतिथि बडिमालिका -५का वडा […]
नागरिक रैबार/बाजुरा १२ फागुन। आफ्नै भतिज नवराज गिरीको हत्या गरी फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी गिरीबाडा बस्ने भरत गिरीलाई १६ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । २०६३ साल माघ ४ गते साँझ साढे ७ बजेको समयमा गाउँकै नवराज भन्ने प्रभु गिरीको हत्या गरेर १६ वर्षदेखि भारतको उत्तराखण्डमा बस्दै आएका गिरीलाई प्रहरीले पक्राउ गरी […]
नागरिक रैबार/बाजुरा २ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालिका खड्क बहादुर साउँद २ दशकपछि फेरी एमालेको सक्रिय राजनीतिमा फर्किएका छन् । दुईदशक देखि एमाले पार्टीबाट निस्कृय रहेका साउँदले आफु पुःन एमालेको सक्रिय राजनीतिमा फर्किएको सोमबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । एमाले बाजुराको स्थापनाकाल देखि पार्टीको संगठित सदस्य रहेका साउँद २०५४ […]
नागरिक रैबार/बाजुरा २९ माघ। नेपाली काँँग्रेस प्रदेश‘ख’ को कोषाध्यक्षमा जनकबहादुर रोकायालाई मनोनित गरेकाे छ । नेपाली काँँग्रेस प्रदेश‘ख’ को शनिबार बसेको कार्य समितिको दाेस्राे पूर्ण बैठकले प्रदेश‘ख’ काे कोषाध्यक्षमा रोकायालाई मनोनित गरेको हाे । नेपाली काँँग्रेस प्रदेश‘ख’ पार्टीको दोस्रो पुर्ण बैठकले जेष्ठ सदस्यका रुपमा रहेका रोकायालाई कोषाध्यक्षमा मनोनित गरेको नेपाली कांग्रेस प्रदेश‘ख’ का सचिव चक्रराज […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ। आइतबार जिल्लाको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउदको रुखले च्यापिएर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा मृत्यु भएको हो। रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]